
दीलिप पराजुली, दोहा
अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज, कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालयको संयुक्त आयोजनामा कतारमा साहित्यिक वाचन श्रृंखलाको ६२ औं डवली सम्पन्न भएको छ । वाचन श्रृंखलाको ६२ औं डबलीमा विशिष्ट श्रोताको रुपमा जनजाती महासंघ कतारका अध्यक्ष शियाराम चौधरी थिए ।
कार्यक्रममा २५ भन्दा बढी सर्जकहरुले आफ्ना रचना वाचन गरेका थिए । डवलीमा तिर्थ संगम राई, सिताराम थापा, कमल जलन आँशु, राजन राई, ओम दाहाल, नगेन सावा दीप मिलन, बेचन महतो, कर्ण बहादुर लिम्बु, के.बि. लिम्बुले कविता सुनाएका थिए । यसैगरी दीलिप पराजुली, यादव रेग्मी, उमेश कालिकोटे, चक्र कार्की, विजय फेम्बो, बिन्दा लामा, टिका खड्का, बिन्देश्वर ठाकुर, रुप रसाइली, ईश्वर लजालु राई, सुवास सापकोटाले गजल सुनाएका थिए । कार्यक्रममा अनेसास, कतारका अध्यक्ष तिर्थ संगम राईले आउने महिना कतारमा नेपालबाट कबि हेमन यात्री आउने हुँदा कतारमा हुने सम्पूर्ण साहित्यक मित्रहरुलाई उपस्थिति हुन आग्रह गर्दै उनको एकल बाचन बारे समेत जानकारी गराएका थिए ।
कार्यक्रमको अन्तिममा विशिष्ट स्रोता सियाराम चौधरीले लामो समय देखि चलेको यो डबलीलाई बाहिरबाट नियाले पनि प्रत्यक्ष्य रुपमा यसमा सहभागी हुन नसकेकोमा आफु निकै दुखि भएको बताए । आफु पनि साहित्यलाई निकै माया गर्ने भएकाले पनि समय मिलाउन नसक्दा उपस्थित हुन नसकेको भन्दै आगामी दिनमा उपयुक्त समय मिलाएर डबली नछुटाउने उनले बताए ।
यो पनि पढ्नुहोस्
कतारको निःशुल्क पर्यटक भिसाका लागि अझै केहि समय लाग्ने