
दोहा, असोज २९
कतार भएर अन्य देश यात्रा गर्नेहरुका लागि कतारले उपलव्ध गराउने भनिएको चार दिनको निःशुल्क भिसाका लागि अझै केहि महिना लाग्ने कतार सरकारले प्रष्ट पारेको छ । केहि दिन अघि कतारले निःशुल्क पर्यटक भिसा उपलव्ध गराउने समाचार सार्वजनिक भएको थियो ।
दोहा न्यूजका अनुसार कतारका सरकारी अधिकारीले यसका लागि अझै केहि महिना लाग्ने बताएका छन् । कतार एयरवेज मार्फत यात्रा गर्नेहरुलाई मात्र यो सुविधा उपलव्ध हुने कतार पयर्यटन प्राधिकरण(क्यूटीए) ले प्रष्ट पारेको छ ।
एक सरकारी अधिकारीलाई उधृत गर्दै दोहा न्यूजले ५ घण्टा भन्दा लामो समयको ट्राञ्जिट हुने यात्रुले यस्तो सुविधा पाउने जनाएको छ । त्यस्ता यात्रीले विमानस्थलको अध्यागमन डेस्कमा आफ्नो ५ घण्टा भन्दा लामो समयको ट्राञ्जिट भएका कारण कतारमा बस्न चाहेको र त्यसभन्दा अगाडीको यात्राका बारेमा जानकारी गराएर त्यस्तो भिसा लिन सक्नेछन् ।
यो पनि पढ्नुहोस्
मलेसिया जाने नयाँ तरिका, कामदारको माग घटेपछि अवैध बाटो