
युएई -हिन्दु नेपालीको महान पर्व विजया दशमीको अवसरमा युएईको एक ब्यवसायीक संस्था डिएक्सएनले दशैं बिशेष कार्यक्रम गरेको छ । नेटकवर्कमा आधारित यस ब्यवसायीक समुहमा आवद्ध भएका नेपालीबीच टीका ग्रहण, नाचगान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
समुहमा ठुलो संख्यामा नेपालीहरु सहभागि भएकाले नेपालका प्रमुख पर्बहरुमा बिभिन्न कार्यक्रम गर्ने क्रममा दशैंको अवसरमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक कैलाश अर्यालले जानकारी दिए । कार्यक्रममा भानु धमलाले टिका प्रदान गरेका थिए ।
कार्यक्रममा धादिङ समाजका अध्यक्ष भीम अधिकारी, पाल्पाली समाजका खुम बहादुर आले लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा दिपक गुरुङ, सिमा लामिछाने मगर, रिता लामा लगायतका कलाकारले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागिलाई सेलरोटी, अचार लगायत नेपाली परिकार खाने ब्यवस्था पनि गरिएको थियो ।
यो पनि पढ्नुहोस
मलेसिया जाने नयाँ तरिका, कामदारको माग घटेपछि अवैध बाटो