युएईका ९ वटा हलमा नेपाली सिनेमा  

युएई, असोज २८

युनाईटेड अरब इमिरेट्स(युएई) का सिनेमा हलहरुमा नेपाली चलचित्र प्रदर्शन सुरु भएको छ । नेपाली चलचित्र ‘बीर बिक्रम’ को प्रदर्शनसँगै यसको सुरुवात भएको हो । शुक्रवार युएईका विभिन्न शहरका ९ वटा सिनेमा हलमा नेपाली चलचित्र प्रदर्शन हुँदैछ । केहि हलहरुमा प्रदर्शन सुरु भएको छ । रसअलखैमहको सिनेमा हलमा १ सय भन्दा बढी नेपाली छन् । युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा युएईमा नियमित प्रदर्शन थालेको हो ।

युएईको रसअलखेमाको गल्फ सिनेमा, बरदुबई क्यारिफोरको भोक्स, दुबईकै अलकुजको बलिउड सिनेमा, आबुधाबीको ग्रान्ड सफिर सिनेमा र आबुधाबीकै मुसाफाको नेसनल सिनेमा हल, अलऐन शहरको अलऐन मलको स्टार सिनेमा हल, शारजाहको स्टार सीनेप्लेक्स, अजमानको सिटी सेन्टरको भोक्स र फुजेराहको स्टार दानामा भिन्ना भिन्नै समयमा नेपाली चलचित्र प्रदर्शन हुँदैछन् । 

नेपाली चलचित्र प्रदर्शनको व्यवस्था मिलाएको कन्सेप्ट भिजनले युएईको बजारमा ‘बीर बिक्रम’ पछी नेपाली चलचित्रहरु छक्कापन्जा, गांठो, झुम्की लगायतका चलचित्र प्रदशन गर्ने तयारी गरेको छ । नेपाली चलचित्रहरु छिट्टै नै गल्फका अन्य मुलुकहरुमा समेत प्रदर्शन गरिने कन्सेप्ट भिजनका शालिक सुबेदीले बताए । २० लाख भन्दा बढी नेपाली कामदारहरु रहेको खाडी मुलुकहरुमा नेपाली चलचित्र प्रदर्शनीले नेपाली चलचित्रको बजारमा थप टेवा पुग्ने सुवेदीले विश्वाश गरेका छन् । 

यो पनि पढ्नुहोस् 

मलेसिया जाने नयाँ तरिका, कामदारको माग घटेपछि अवैध बाटो 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय