मलेसिया जाने नयाँ तरिका, कामदारको माग घटेपछि अवैध बाटो 

काठमाडौं, असोज २८ 

मलेसियाले विदेशी कामदार लिन रोकेपनि ठूलो संख्यामा नेपाली र बंगलादेशी कामदारहरु त्यहाँ पुगिरहेको देखिएको छ । तर पछिल्लो समयमा त्यसरी मलेसिया पस्नेहरु कामदारको भिसामा नभई ‘विद्यार्थी भिसा’ मा आउने गरेको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् । 

मलेसियाको अनलाईन द सनका अनुसार मलेसियाका कन्सल्टेन्सीहरुले विद्यार्थी भिसामा हजारौं नेपाली र बंगलादेशीलाई भित्रियाइरहेका छन् । त्यसरी ‘विद्यार्थी भिसा’ मा आउनेहरु लेख्न, पढ्न नसक्ने समेत हुने गरेको समाचारमा उल्लेख छ । त्यसरी भित्रियाइएका विद्यार्थीहरुले न्यून आम्दानी हुने काराखाना, निर्माण क्षेत्र तथा खेतीपातीको काम गर्ने गरेका छन् । 

साह आलमको एक फर्निचर उद्योगमा भेटिएका एक बंगलादेशी नागरिकले आफू ६ महिने विद्यार्र्थी भिसामा मलेसिया आएको र स्थानीय एक भाषा कक्षामा भर्ना भएको बताएका छन् । तर उनी अंग्रेजीमा लेख्न, पढ्न भनें जान्दैनन् । मलेसियाको नियमअनुसार अध्ययन भिसामा आउने विदेशी विद्यार्थीले अंग्रेजी माध्यममा लेख्न पढ्न सक्नु पर्दछ । 

त्यसरी कक्षा चलाएका ठाउँमा यसरी ल्याइएका विद्यार्थीहरुलाई हप्तामा एक दिन उपस्थीत गराएर हाजिर गराउने गरिएको समाचारमा उल्लेख छ । त्यसरी आएकाहरुले सकेसम्म बढी समय काम गर्ने गरेका छन् । निर्माण क्षेत्रमा यसरी ‘विद्यार्थी भिसा’ मा आएर काम गर्नेहरुको संख्या उल्लेख्य रहेको सो क्षेत्रमा कार्यरतहरु बताउँछन् । हालै गरिएको एक सरकारी अनुगमनका क्रममा त्यसरी काम गरिरहेका २ सय जना विद्यार्थी भिसाका व्यक्ति भेटिएका थिए । 

मलेसियाको कानून अनुसार विद्यार्थी भिसामा आएका व्यक्तिले बढीमा हप्तामा २० घण्टा काम गर्न पाउँछन् । तर यसरी ‘विद्यार्थी भिसा’ मा आएकाहरुले दैनिक १२ घण्टा काम गर्ने गरेका छन् । नेपालबाट यसरी अन्य भिसामा जाँदा कामदारका रुपमा उनीहरुको रेकर्ड हुन्न । यसैगरी विमा, कल्याणकारी कोष लगायतको दायरा भन्दा बाहिर हुने भएका कारण कुनै दुर्घटनामा परेमा पनि क्षतिपूर्ति पाउन सकिंदैन । 

यो पनि पढ्नुहोस्

कतार सरकारद्धारा नयाँ कानूनका बारेमा जानकारीमूलक अभियान सुरु, कामदारलाई आफ्ना अधिकारका बारेमा सचेत बनाउने लक्ष्य 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय