
हरि कृष्ण न्यौपाने (कुवेत), असोज २७
देश बिदेशमा रहेका नेपालीमा दशैंको खुसीमा रमाइरहेका बेला कुवेतलाई कर्मथलो बनाएका २ जना नेपालीको मृत्यु भएको छ।यसरी मृत्यु हुनेहरुमा स्याङ्जा फेदिखोलाका गोबिन्द बिक र नवलपरासीकी लोक माया आले रहेका छन।
टाउको दुखेको भन्दै अस्पताल पुर्याइएका गोबिन्द बिकको अस्पतालमै मृत्यु भएको हो । साधारण टाउको दुखी रहने बिकलाई कुवेतको फर्वानिया अस्पातल पुर्याइएपनि उनको टाउकोमा रहेको रक्त नली फुटेको कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
कुवेतको हुन्दाइ ग्रिन फुड कम्पनी (सुबिया) को क्याटरिङ्गमा करिब २ बर्ष देखी कार्यरत अन्दाजी ३० बर्षिय मृतक गोबिन्द बिकलाई कहिले काही टाउको दुख्ने र प्रेशर बढ्ने गरेको उनीसंगै काम गर्ने गाउँकै लक्ष्मण सार्कीले बताए। मृतक बिकका श्रीमती र १ छोरा छन ।
यसैबीच कुवेतमा घरेलु कामदारका रुपमा काम गर्न आएकी प्रगतीनगर ६ नवलपरासीकी ३४ बर्षिय लोकमाया आलेको अस्पताल लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु भएको छ। आले कुवेतमा रहेका एजेन्ट हर्क खवास मार्फत कुवेत आएकी थिईन। उनी गर्भवती थिइन् । उनी गर्भवती भएको पत्ता लागेपछि साहुले उनलाई केहि दिन अगाडी मात्र एजेन्टको अफिसमा फिर्ता ल्याइदिएका थिए।
नेपाली दुताबास कुवेतका दितिय सचिब भोगेन्द्र लिंगदेनका अनुसार मृतक आलेको शव नेपाल पठाउने बारे उनको परिवारलाई खबर गरिसकिएको तथा प्रकृया करिब अन्तिम चरणमा पुगेको छ।
यो पनि पढ्नुहोस्