कञ्चनपुरबाट विदेश जाने बढे 

कञ्चनपुर- कञ्चनपुरबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्न थालेको छ । स्वदेशमा पर्याप्त रोजगारीको अवसर नहुँदा विदेसिने युवाको सङ्ख्या बढ्न थालेको छ । 

जिल्ला प्रशासन कार्यालयमा रहेको वैदेशिक रोजगार परामर्श केन्द्रकाअनुसार गत आर्थिक वर्ष २०७२/७३ मा मात्रै सात हजार ६ सय ९७ जनाले वैदेशिक रोजगारीका लागि राहदानी लिएकामा जिल्लाबाट चार हजार ६ सय २२ र केन्द्रबाट तीन हजार १५ जनाले राहदानी बनाएको केन्द्रका परामर्शदाता लक्ष्मी बोहराले बताए । उनका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या पनि बढ्दो क्रममा छ । गतवर्ष राहदानी लिनेमध्ये पाँच सय ७१ जना महिला रहेका छन् ।

कञ्चनपुरबाट विदेश जाने कतार, दुवई, मलेसिया, ओमन, साउदीलगायतका देशमा जाने गरेका छन् । केन्द्रका अनुसार आर्थिंक वर्ष २०७१/७२ मा ९ हजार एक सय १८ जनाले लागि राहदानी बनाएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय