कतार सरकारद्धारा नयाँ कानूनका बारेमा जानकारीमूलक अभियान सुरु, कामदारलाई आफ्ना अधिकारका बारेमा सचेत बनाउने लक्ष्य   

दोहा, असोज २७ 

कतारले आगामी डिसेम्वर देखि लागु हुने नयाँ श्रम कानूनका बारेमा जानकारी गराउन दुई महिने अभियान सुरु गरेको छ । यसले नयाँ कानूनका बारेमा सवैबीच बुझाईमा एकरुपता ल्याउने अपेक्षा गरिएको छ । 

कतार ट्रिव्यूनका अनुसार अभियानको नेतृत्व कतारको आन्तरिक मन्त्रालय तथा श्रम मन्त्रालयले संयुक्त रुपमा लिएका छन् । ति मन्त्रालयले चलाउने अभियानका क्रममा रोजगारदाता तथा विभिन्न देशका आप्रवासी कामदारका प्रतिनिधिमूलक नेतृत्वलाई नयाँ कानूनका बारेमा जानकारी दिइनेछ । अभियानका क्रममा कामदार र रोजगारदाताको अधिकारका सम्वन्धमा नयाँ कानूनले गरेको व्यवस्थाका बारेमा जानकारी दिइने समाचारमा जनाइएको छ ।

श्रम मन्त्रालयका डा. ईसा बीन साद अल जफाली अल नुआमीले कानून परिवर्तनका बारेमा रोजगारदाता, दुतावास, उद्योगि, व्यवसायी लगायतलाई समयमै जानकारी दिन आवश्यक भएका कारण अभियान सञ्चालन गरिएको बताए । यसैगरी कामदारे पनि आफ्नो अधिकारका बारेमा जानकारी पाउन आवश्यक भएका कारण अभियानका क्रममा उनीहरुलाई पनि जानकारी गराइने बताए । 

अन्तराष्ट्रिय समुदायको चर्को दवावका कारण कतारले आगामी डिसेम्वर महिनादेखि लागु हुने गरी श्रम कानून परिवर्तनको घोषणा गरिसकेको छ । कतार सरकारले दिएको जानकारी अनुसार परिवर्तित कानूनले घर फर्किन हाल रोजगारदाताको अनिवार्य अनुमति लिनुपर्ने, कम्पनी फेर्न नपाइने, पासपोर्ट रोजगारदाताले नै राख्ने लगायतका विषयलाई पूर्णत हटाउने छ । तर कामदारको पक्षमा काम गर्ने संस्था र व्यक्तिहरुले भनें कतार सरकारले फेरी पनि झुक्याउन सक्ने भन्दै चनाखो भएर हेरिरहेका छन् । 

यो पनि पढ्नुहोस् 

कतारको नयाँ कानूनका महत्वपूर्ण १३ विषय, पासपोर्ट राखेमा जरिवाना देखि कम्पनी फेर्न पाइने सुविधा 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय