
काठमाडौं, असोज २६
कतार एयरवेजको शौचालयमा अन्दाजी ५ देखि ७ महिनाको गर्भपतन गराएको भेटिएपछि यसले सनसनि मच्चिएको छ । कतारको दोहाबाट ईण्डोनेसियाका लागि उडेको सो जहाजको शौचालयमा यो घटना भएको दोहा न्यूजले समाचार लेखेको छ ।
सो जहाज ईण्डोनेसियाको जकार्तामा अवतरण गरेपछि सफाई कर्मचारीले शौचालय सफा गर्ने क्रममा ५ देखि ७ महिनाबीचको गर्भपतन गरिएको भेटिएको थियो । सो शवलाई कागजले बेरेको अवस्थामा फेला पारिएको जनाइएको छ ।
घटनापश्चात कतारमा रोजगारी गरेर फर्केकी एक महिलालाई स्वास्थ्य जाँचका लागि अनुसन्धानमा राखिएको छ । तर ति महिला नै यो घटनामा संलग्न भए नभएको यकिन नभएको समाचारमा जनाइएको छ ।
यो पनि पढ्नुहोस्
कतारको नयाँ कानूनका महत्वपूर्ण १३ विषय, पासपोर्ट राखेमा जरिवाना देखि कम्पनी फेर्न पाइने सुविधा