कतारको नयाँ कानूनका महत्वपूर्ण १३ विषय, पासपोर्ट राखेमा जरिवाना देखि कम्पनी फेर्न पाइने सुविधा 

दोहा, असोज २५ 

कतारले आफ्नो श्रम कानूनमा महत्वपूर्ण परिवर्तनको यस अघि नै घोषणा गरिसकेको छ । अन्तराष्ट्रिय समुदायको चर्को दवावका बीच कानून परिवर्तनको प्रतिवद्धता कतारले जनाएको हो । हुन त नयाँ कानून समेत पुरानो कानून भन्दा धेरै फरक नभएको बताइएको छ तर पनि यो केहि मात्रामा कामदारमैत्री रहेको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । कफला प्रणाली हटाउने भनिएको सो कानूनका महत्वपूर्ण विषयहरु यसप्रकार रहेका छन् ।

१. यो कानून सन् २०१६ को डिसेम्वर महिनादेखि लागु हुँदैछ । 

२. सो कानूनले कतारमा रोजगारीका लागि आउने र बस्ने विषयलाई करारपत्रद्धारा व्यवस्थीत गर्नेछ । 

३. कतार प्रवेशमा यस अघि लाग्ने दुईबर्षे प्रतिवन्धात्मक व्यवस्थाको पूर्णत अन्त्य हुनेछ । 

४. यदि अन्य रोजगारदाताले रोजगारी दिएको अवस्थामा पूरानो रोजगारदातासँग कुनै लिखित अनुमति लिनुपर्ने छैन । 

५. रोजगारी प्राप्त गरेमा कतारबाट फर्केको भोलीपल्टै पुनः कतार आउन सकिनेछ । 

६.कतार छोड्न हाल आवश्यक पर्ने एक्जिट पर्मिट आवश्यक पर्नेछैन ।

७. कतार छोड्नु तीन दिन अगाडी रोजगारदातालाई जानकारी दिनुपर्नेछ । 

८. कतारमा रोजगारी गरिरहेकाहरुको करारपत्र समेत नयाँ कानून लागु भएपछि नयाँ करारपत्रले स्वतः प्रतिस्थापन गर्नेछ । 

९. करारपत्र अनिवार्य रुपमा श्रम तथा सामाजिक मन्त्रालयले प्रमाणित गर्नुपर्नेछ । 

१०. ५ बर्ष भन्दा लामो समयसम्म कुनै कम्पनीमा काम गर्ने कोहि बाध्य हुनेछैन । सामान्ययता दुई बर्षे सम्झौता हुनेछ । विशेष प्रकृतिका कम्पनीहरुमा ५ बर्षे रोजगार सम्झौता हुन सक्नेछ । 

११. यदि रोजगारदाताको मृत्यु भएमा वा कम्पनी बन्द भएमा मन्त्रालयको अनुमति लिएर कामदारले नयाँ कम्पनीमा रोजगारी खोज्न सक्नेछन् ।

१२. अनुमति नलिई अन्य कम्पनीमा काम गर्न आफ्ना कामदार पठाएमा ५० हजार रियालसम्म जरिवाना र ३ बर्षसम्म कैद सजाय हुन सक्नेछ ।

१३. रोजगारदाताले कामदारको पासपोर्ट राखेमा १० देखि २५ हजार रियाल जरिवाना हुनेछ । 

यो पनि पढ्नुहोस् 

साउदीमा १५ हजार रियालको राहत कोष सुरु 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय