साउदीमा १५ हजार रियालको राहत कोष सुरु 

काठमाडौं, असोज २४ 

साउदी अरवमा ४ लाख भन्दा बढी(१५ हजार रियाल) को राहत कोष स्थापना हुने भएको छ । साउदी अरवमा क्रियाशिल जिफन्ट सपोर्ट ग्रुपले कोष स्थापनाको घोषणा गरेको हो । सो कोष जिफन्ट श्रमिक सदस्यहरुलाई आईपर्ने विभिन्न जोखिम र समस्याहरुमा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको जिफान्ट साउदीका प्रतिनिधि राज तामाङले बताए । कोषमा जिफन्ट साउदीका प्रतिनिधि तामाङले ५ सय रियाल योगदान गरे ।

नेपाल ट्रेड यूनियन महासंघ जिफन्टको प्रवासी कमिटी जिफन्ट सहयोग समुह साउदी अरबको बैठकले विभागिय संरचनाहरुका बारेमा पनि निर्णय गरेको छ । जसअन्तर्गत संगठन विभाग प्रमुखमा जिफन्ट सपोर्ट ग्रुप, साउदीका अध्यक्ष शम्शेरबहादुर तामाङलाई चयन गरिएको छ । सदस्यहरुमा बुद्धिमान विश्वकर्मा, मनोज मगर, बुद्ध नारायन चौधरी र तिर्थ नेपाली रहेका छन् । 

यसैगरी शिक्षा विभाग प्रमुुखमा सचिव खेमलाल खुुलाललाई चयन गरिएको छ । सो विभागका सदस्यहरुमा राजन नेपाल, ललीत मण्डल, राज थापा र भरत मण्डल रहेका छन् । 

बैठकले जिफन्ट घुम्ती टोली पनि बनाएको छ । सो टोलीको प्रमुखमा बिष्णु बाँस्कोटालाई चयन गरिएको छ । सदस्यहरुमा श्याम विश्वकर्मा, ज्ञान बहादुर खाती, सुरेस अधिकारी र जीवराज बेलबासेलाई सर्वसम्मत रुपमा चयन भएका छन् । 

बैठकले कतिफ क्षेत्रका लागि संयोजकमा राम नारायण राजवंशी, दमाम संयोजकमा सुरेस अधिकारी र रियाद संयोजकमा भीम कुमार श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । 

बैठकले बिष्णु बाँस्कोटालाई केन्द्रीय सल्लाहकार तथा बुद्ध नारायण चौधरीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । 

यो पनि पढ्नुहोस् 

बैदेशिक रोजगारी र रेमिट्यान्स

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय