कुवेतका नेपालीका के छन् दशैंको योजना ? 

 

हरि कृष्ण न्यौपाने, कुवेत, असोज २३

मंगलपुर ८ बिजयनगर चितवनका राज क्षेत्री ३ बर्ष देखी कुवेतमा कार्यरत छन । ईराक गएर धेरै पैसा कमाउन राहदानी बनाए पनि कुवेतको अल्गानियम कम्पनीमा राम्रो अवसर पाएर आएका राजको तेश्रो दशैं कुवेतमा बित्दैछ। बिदेश आएर समयको महत्व अनी पैसा कमाउन गर्नु पर्ने कडा मेहनत बारे अनुभव बटुलेका राज बिदेश जाने जो कोहीलाई पनि कुनै न कुनै सीप सिकेर मात्र आउन अनुरोध गर्छन्।

बिदेश बस्दा आफ्ना चाडबाडहरु अनी सुख दुःखका बेला परिवारसंगै नहुँदा खल्लो लाग्ने राजले बताए। ‘बिशेष गरी दशैं तिहारका बेला बुवा आमाको साथमा हुन नपाउदाको अनुभव शब्दमा ब्यक्त गर्नै सक्तिन’ राजले भने।नेपालमा राजनैतीक अबस्था सुधारिए बिदेशिने युवाको संख्या घट्थ्यो अनी देश बिकास हुन्थ्यो भन्ने राजलाई लाग्दछ। यस पटकको दशैंको योजनाको बारेमा राज भन्छन ‘कामको साथमा केही समय देखी कुवेतको जेलमा रहेकी एक जना नेपाली चेलीको उद्दारमा ब्यस्त छु। तर पनि साथी भाइहरुसंग खसी काट्दै रमाइलो गर्ने अनी जमरा नराखे पनि पोहोरको जस्तै टिका लगाउछु।’   

रुकुममा जन्मिए पनि तनहुँका आनन्द आचार्यसंग बैबाहिक सम्बन्धमा बाधिएर एक छोराका साथमा कुवेतमा रहेकी मुना मगर (आचार्य) कुवेत आएको ६ बर्ष भयो। भारतको दिल्ली हुँदै घरेलु महिला कामदारको रुपमा कुवेत पसेकी मुनाले ६ महिना मात्र घरमा काम गरिन।आफ्नै साहुको बियुटिपार्लर भएकाले ६ महिनामा सम्पूर्ण ब्युटीपार्लर काम सिक्ने अवसर पाएकी मुना कुवेतले नै जीवनमा धेरै कुरा दिएको बताउछिन। पारिवारिक सुख कुवेतले जुराए जस्तै समयको महत्व, सीप सिक्ने र पैसा कमाउन गर्नु पर्ने कठिनाईलाई कुवेतको बसाइले व्यवहारमै सिकायो मुनालाई । उनी भन्छिनः पारिवारिक मायाबाट टाढा हुँदा र चाडपर्वहरुमा संगै हुन नपाउदा अती दुःख लाग्छ। करिव १० महिना अगाडि बुवाको मृत्यु हुँदा नेपाल जान नपाएको प्रती मुनाले भनिनः बिदेशको बाध्यता अनी पीडानै त्यही हो समय आफ्नो नहुने। 

देशमै राजनीति राम्रो भए र बिकासका पूर्वधारहरु प्रसस्त भए बिदेशिने नेपालीहरुको संख्या घट्थ्यो अनी देशको बिकास हुन्थ्यो कि मुनाले भनिन।यसपालीको दशैंको योजना के छ भन्दा मुनाले भनिनः पोहोर त कोठामै जमारा राखी दुर्गा पूजा गरेर टिका लगाउदै खुशीका साथ दशैं मनाइएको थियो तर यस पटक भने बुवाको मृत्यु भएको बर्ष दिन नपुगेकाले खासै योजना छैन। तर पनि परिवार, साथिहरु सहित खाना खाने र कम्पनीले छुट्टी दिए १ दिन छुट्टी बस्छु होला।

तपाईको दशैं योजना के छ ? लेखेर हामीलाई आफ्नो एकप्रति तस्वीर सहित [email protected] मा पठाउनुहोला

योे पनि पढ्नुहोस् 

कम्पनीसँग छुट्टी मागेर दशैं मनाउने योजना छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय