युएईमा पत्रकारको शुभकामना आदान प्रदान 

युएई, असोज २२ 

नेपाल पत्रकार महासंघ, युएई शाखाको आयोजनामा शुक्रवार दुवईमा बिजया दशमी २०७३ को उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा नेपालमा मोफसलमा रहेर पत्रकारिता गरेका ७९ बर्षिय डिल्ली प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी एनआरएनए आईसीसी सदस्य गोपाल कंडेल, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, नेपाली सोसल क्लबका अध्यक्ष शालिक सुबेदी, डिडीए ग्रुपका डा. दिनेश आचार्य, नेपाली जनसम्पर्क समिति, युएईका अध्यक्ष चित्र केसी, नेपाली जनप्रगतिशिल मंचका कार्यबाहक अध्यक्ष अर्जुन सुबेदी, मोर्चा (बैद्य) का काशी काफ्ले, बिप्लब मोर्चाका कार्यवाहक महासचिव रामाकान्त बाँस्तोला, युएई नेपाली एकता समाजका महासचिव प्रेम भण्डारी लगायत बिभिन्न जिल्लागत संस्थाहरुका प्रतिनिधिहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए । 

कार्यक्रममा वक्ताहरुले युएईको अहिलेको बस्तुगत परिस्थितीको बारेमा चर्चा गर्दै संघसंस्था दर्ता पकृयामा एक भई अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । बक्ताहरुले बिजया दशमी र दिपावलीको शुभकामना ब्यक्त गर्दै २०७३ सालको बडा दसैंले संस्था दर्ता भई सामाजिक कार्यमा थप सहज होस् भनी कामना गरेका थिए । 

पत्रकार महासंघ युएईका अध्यक्ष त्रिलोचन कोइरालाले महासंघको तर्फबाट उपस्थित सबैलाई धन्यवाद सहित शुभकामना ब्यक्त गरेका थिए । उनले महासंघले युएईका हरेक संघसंस्थाहरुसँग नजिक रहेर सहयोगीको भूमिका खेलिरहेको स्मरण गर्दै आगामी दिनहरुमा अझ सशक्त भएर लाग्ने बताए । 

यो पनि पढ्नुहोस्

बैदेशिक रोजगारमा रहेकाहरुले भोट हाल्न पाउनु पर्ने पक्षमा उभिए १३ जना साँसद 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: