
मलेसिया, असोज २२
मेरो मलेसिया बसाई दुई बर्ष पूरा भएर तेस्रो बर्ष लाग्दैछ। देशमै केहि गर्छु भनि सानोतिनो ब्यापार थालेको थिएँ । तर केही आफ्नो समस्या र देशको गन्जागोल परिस्थितिले सफल हुन सकिएन । त्यसकारण बिदेशिन बाध्य भए ।
यहाँ बस्दा मैले काम गर्ने शैली र मिहिनेत गर्ने तरिका सिकें । साथसाथै हेभी ट्रेलर गाडी सिक्ने मौका पाएँ र आज एक हेभी ड्राइभरको सीप प्राप्त भएको छ। तर मलाई यसरी परदेशिनुपर्दा आफ्नो घरपरिवार, साथिभाइ र आफ्नो देशप्रति दिनुपर्ने श्रम गुमेको छ भन्ने लाग्छ ।
राजनीतिक अस्थिरता, बिदेशबाट आयातित हुने उपभोग्य समानहरुमा रोकथाम (जस्तो कि नेपालमै उत्पादन हुन सक्ने बस्तुहरु) जसले गर्दा स्वदेशी लगानी वृद्धि भइ रोजगारीको वातावरण सिर्जना हुन्थ्यो भन्ने लाग्छ।
परदेशको बसाईमा दशैं टुप्लुक्क आइपुगेको छ । त्यसैले सबै साथिभाइको छुट्टी एकैसाथ नमिल्ने र ड्युटीमै आउनुपर्ने बाध्यताले खासै दशैलाई भब्य रूपमा मनाउने त योजना छैन । त्यहिपनि कम्पनीसँग केही समयको माग गरि साथिभाइहरु माझ शुभकामना आदानप्रदान गर्ने कार्यक्रम छ। देशमा जवसम्म राजनीति ठिक बाटोमा आउँदैन र कुनै ब्यवशाय गर्ने वातावरण सिर्जना हुँदैन तबसम्म नेपालमै रहेर केही गर्ने सोच छैन किनकि यहाँ कमाएर लगेको दुईचार पैसाले आफ्नै देशमा केही गर्छु भन्दा चुर्लुम्म डुबेर फेरि बिदेशमै फर्कनेहरु धेरै देखेको छु र यसमा मेरो पनि आफ्नो छुट्टै अनुभव छ।
शिव लामिछाने ‘घागर’
माडी नगरपालिका वार्ड नं १०, चितवन, हाल मलेसिया
तपाईको दशैं योजना हामीलाई लेखेर पठाउनुहोस् [email protected] मा । हामी देशपरदेशमा प्रकाशित गर्नेछौं
यो पनि पढ्नुहोस्
बैदेशिक रोजगारमा रहेकाहरुले भोट हाल्न पाउनु पर्ने पक्षमा उभिए १३ जना साँसद