बैदेशिक रोजगारमा रहेकाहरुले भोट हाल्न पाउनु पर्ने पक्षमा उभिए १३ जना साँसद

काठमाडौं, असोज २२ 

बैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपालीलाई मताधिकार दिन साँसदहरुले माग गरेका छन् । मतदाता नामावली सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०७३ मा संशोधन प्रस्ताव दर्ता गर्दै साँसदहरुले यस्तो माग गरेका हुन् । 

पेम्वा लामा सहितका १३ जना साँसदहरुले दर्ता गराएको संशोधन प्रस्तावमा वैदेशिक रोजगार वा कुनै कारणले विदेशमा रहेको अवस्थामा सम्बन्धित दुतावास वा नियोग मार्फत मतदाता नामावली संकलन वा अद्यावधिक गर्नुपर्ने माग गरिएको छ । यसैगरी मस्यौदाको दफा २३ को उपदफा १ मा विदेशमा रहेका मतदाताले तोकिए बमोजिम मतदान गर्न सक्नेछन् भन्ने वाक्याँश थप्न पनि संशोधन दर्ता गरिएको छ । 

संशोधन दर्ता गर्ने साँसदहरुमा पेम्वा लामा, गणेशमान गुरुङ, नरदेवी पुन मगर, ज्ञानुदेवी गैरे, गंगादेवी डाँगी, शान्ता मानवी, टेकु नेपाली, शकुन्तला राजभण्डारी, अम्विका खवास, तारादेवी रार्ई, प्रभादेवी बज्राचार्य, रत्नदेवी गुरुङ, शिवकुमारी गोताम रहेका छन् । सो ऐनको मस्यौदामा संशोधन प्रस्ताव दर्ता गर्ने समय सकिएको छ । अव सम्वन्धित समितिमा संशोधन प्रस्तावका बारेमा छलफल हुनेछ । 

यो पनि पढ्नुहोस् 

२० लाख श्रमिकको संस्था उत्रियो विरोधमा, कानून फिर्ता गर्न चेतावनी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय