बाँडिए १० लाख पर्चा, सोधियो ११ प्रश्न 

काठमाडौं– नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट)ले मर्यादित कामका लागि विश्व दिवसका अवशरमा देशभरी १० लाख पर्चा वितरण गरेको छ । राजधानी काठमाडौंसँगै देशभरी वितरण गरिएका ति पर्चाले मर्यादित कामका लागि ११ प्रश्न समेत सोधेको छ । ति पर्चा राजधानीमा २९ वटा चोकसँगै देशभर वितरण गरिएको जिफन्टले जनाएको छ । 

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै जिफन्ट अध्यक्ष विष्णु रिमालले ति पर्चाले मर्यादित कामका लागि झक्झक्याउने काम गरेको बताए । उनले ति प्रश्न सहितको पर्चा साँसदहरुलाई समेत पठाइएको भन्दै यसले उनीहरुलाई श्रमिकका पक्षमा काम गर्न प्रेरित गर्ने अपेक्षा प्रकट गरे । ति प्रश्नले संसदमा छलफलको क्रममा रहेका श्रम ऐनलाई संशोधन गर्न बनेको विधेयक र सामाजिक सुरक्षा विधेयकलाई श्रमिक पक्षिय बनाउन साँसदहरुले भूमिका खेल्ने पनि रिमालले अपेक्षा गरे । 

यसैबीच हालै संसदले पारित गरी राष्ट्रपतिबाट प्रमाणिकरण हुने प्रकृयामा रहेका औद्योगिक तथा व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐनको जिफन्टले विरोध गरेको छ । त्यसले अन्यायमा पर्दा हड्ताल गर्न पाउने श्रमिकको अधिकार खोस्ने काम गरेको भन्दै जिफन्ट अध्यक्ष रिमालले तिनिहरुलाई प्रमाणिकरण नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरिसकिएको रिमालले जानकारी दिए । गत असोज १३ गते संसदबाट पारित भएको औद्योगिक व्यवसाय ऐनले कार्यथलोमा हड्ताल गर्न नपाउने गरी नो वर्क नो पे तथा हायर एण्ड फायरको व्यवस्था गरेपछि यसको विरोधमा जिफन्टले अभियान सुरु गरेको हो । 

कार्यक्रममा मर्यादित कामका लागि विश्व दिवसको अवशर पारेर जिफन्टले तयार पारेको भिडियो सामग्री पनि प्रदर्शन गरियो । सो भिडियो सामग्रीले पनि जिफन्टले सोधेका ११ प्रश्नहरुलाई समेटेको छ ।  

यो पनि पढ्नुहोस्     

विदेश बस्ने नेपालीले अव तीनजना साथि नेपाल घुम्न पठाउने 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय