काठमाडौं, असोज २०
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २९ रुपैंयाँ १५ पैसा र विक्रि दर २९ रुपैंयाँ ३१ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया २९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४५ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ६४ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ७८ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५१ रुपैंया ८२ पैसा छ भनें विक्रि दर ३५३ रुपैंयाँ ८१ पैसा छ । बहराइन दिनारको खरिददर २८१ रुपैंयाँ ५१ छ भनें विक्रि दर २८३ रुपैंयाँ १० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
‘लोग्ने छैन जहाँ जे गरेपनि भयो नी’ भन्ने वचनले बसिसक्नु छैन