साउदीबाट एक नेपाली महिलाको उद्धार

लक्ष्मण रसाइली- बिगत ४ महिना अघि वैदेशिक रोजगारको शिलशिलामा साउदी अरब पुगेकी नारायण नगरपालिका, सोत दैलेखकी पार्वती न्यौपानेको उद्धार भएको छ । उनलाई जनप्रगतिशिल मोर्चा, साउदी र गोर्खा सेवा समाज, साउदी अरबले उद्दार गरेका हुन् । 

काम गर्ने क्रममा स्वास्थ्य अवस्था ठिक नभए पछि स्वदेश फर्कन खोज्दा कम्पनीले तलव समेत नदिंदा उनी अलपत्र परेकी थिइन। जनप्रगतिशील मोर्चा र गोर्खा सेवा समाज साउदीको विशेष पहलमा उनलाई नेपाल फर्काइएको छ। साथै मोर्चाद्वारा उनीलाई केही आवश्यक सरसामान सहित १ हजार ५ सय साउदी रियल सहयोग गरेको र नेपाल फिर्ता पश्चात् ६३ हजार ९ सय ४३ रुपैयाँ सहयोग गरेको मोर्चाका एक सदस्यले बताए। 

उनलाई नेपाल फर्कन सहयोग गर्नेहरुमा लक्ष्मण जि.सि. प्रबिन सुरेश वली, युवराज कार्की, केशव भण्डार, किशोर अबिनास, हिक्मत रोका मगर, नन्दकिशोर केसी, कसम मगर, श्याम गिरि साथै गोर्खा सेवा समाजका माधव घिमिरे, तुलसी पन्त, मर्द बीर र थामु गुरुङ थिए। 

तीतोेपाटीबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: