एयरपोर्टका मजदुर आन्दोलनमा, नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा दुई घण्टा घेराउ

  

काठमाडौं, असोज १९  

दशैं पेश्की पाउनु पर्ने लगायतका माग राख्दै त्रिभुवन विमानस्थलमा कार्यरत श्रमिक आन्दोलनमा उत्रेका छन् । त्रिभुवन विमानस्थलमा कार्यरत ३ सय ५० श्रमिक जिफन्ट आवद्ध युनिट्राभ एयरपोर्ट ईलाका कमिटीको नेतृत्वमा आन्दोलनमा उत्रेका हुन् । यसअघि विमानस्थल केन्द्रीत धर्ना लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका श्रमिकले बुधवार बबरमहलस्थीत नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा दुई घण्टा कामकाज ठप्प पारे । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउटसोर्सिङ अन्तर्गत कार्यरत करिव ३ सय ५० श्रमिकलाई प्राधिकरणले दशैं खर्च नदिँदा उनीहरु आन्दोलनमा उत्रेका हुन् । श्रमिकले दशैं पेस्की माग्न जाँदा प्राधिकरणले नै पेस्की नदिएको भन्दै मजदुरलाई रित्तो हात फर्काएपछि श्रमिक आन्दोलनमा उत्रिएको  युनिट्राभका महासचिव सुमन पराजुलीले बताए । 

विमानस्थलमा सरसफाई देखि पिच, घाँसे मैदानमा काम गर्ने मजदुरले दशैं खर्च पाएका छैनन् । यस विषयमा एक महिना अगाडी देखि नै पर्यटन मन्त्री, नागरिक उड्डयन प्राधिकरणका निर्देशक लगायतलाई आफ्ना समस्याका बारेमा युनिट्राभ एयरपोर्ट ईलाका कमिटीले ध्यानाकर्षण गराउँदै आएको थियो । तर त्यसको वेवास्ता गरिएका कारण श्रमिक आन्दोलनमा उत्रिएका हुन् ।

यो पनि पढ्नुहोस्  

कति छ रिंगिट, रियाल, दिनार र दिरहमको मूल्य ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय