कति छ रिंगिट, रियाल, दिनार र दिरहमको मूल्य ?    

काठमाडौं, असोज १९

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २९ रुपैंयाँ १२ पैसा र विक्रि दर २९ रुपैंयाँ २९ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ८८ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ४ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया २६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४२ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ७१ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ८६ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।  

यसैगरी कुवेती दिनारको खरिददर ३५१ रुपैंया ३९ पैसा छ भनें विक्रि दर ३५३ रुपैंयाँ ३७ पैसा छ । बहराइन दिनारको खरिददर २८१ रुपैंयाँ २६ छ भनें विक्रि दर २८२ रुपैंयाँ ८५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस् 

स्वरोजगार र उद्यमशिलतामा एनआरएनएले सघाउने 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय