
काठमाडौं, असोज १८
ब्रुनाई विदेशी कामदारका लागि रोजगारीको उपयुक्त गन्तव्य भएको छ ।ब्रुनाईमा अहिले १ लाख विदेशी कामदार कार्यरत रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । ब्रुनाईको श्रम विभागका कार्यवाहक आयुक्त हि शरिफुल बहारीले अधिकांश कामदार निर्माण कम्पनीमा कार्यरत रहेको जानकारी दिए । निर्माण कम्पनीहरु विदेशी कामदारका लागि लोकप्रिय रहेको सो विभागले जानकारी दिएको छ ।
सरकारी तथ्याङ्कअनुसुार सन् २०१४ मा चार लाख ११ हजार ९ सय जनसङ्ख्या रहेको ब्रुनाईमा धेरै जसो कामदार छिमेकी मुलुक र एसियाली मुलुकबाट गएका छन् । जसमा इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका धेरै रहेका छन् । यस्तै भारत र बङ्गलादेशबाट पनि धेरै कामदार बु्रनाई पुगेका छन् । रासस
यो पनि पढ्नुहोस्
कम्पनी मालिक भागेपछि १० जना नेपाली अलपत्र