कम्पनी मालिक भागेपछि १० जना नेपाली अलपत्र 

दिलीप पराजुली, दोहा, असोज १८ 

अल वाजिर कम्पनीका मालिक कामदारलाई बिचल्ली बनाएर फरार भएका छन् । कम्पनि मालिकले काम गरेको तलव नदिएपछि १० जना नेपाली कामदारको सामान जफत गरी घर मालिकले कोठाबाट निकालिदिएका छन् । 

गुल्मीका गंगा बहादुर थापाका अनुसार उनीहरुको भाडा नतिरिदिएका कारण घरमालिकले काम लाग्ने खालका सम्पूर्ण सामान जफत गरिदिएको छ । तीनदिनसम्म घरको छतमा सुतेका उनीहरुलाई त्यहाँबाट पनि निकालिदिएपछि उनीहरु सडकमै बस्नु परेको बताउँछन् । हाल उनीहहरु नज्मास्थित एक पुरानो घरमा कम्पनीका सबै कामदार एउटै कोठामा कोचिएर बसेका छन ।

१० जना नेपाली र चारजना बंगाली रहेको कोठामा न त खानको लागि केहि छ न त ओछ्याउने कुनै उपयुक्त कपडा छ । यसरी अलपत्र पर्नेमा नेपालीमा मोरंगका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताजपुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता, बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी र गुल्मीका गंगा बहादुर थापा तथा वीर बहादुर बि.क. रहेका छन् ।

अलपत्र परेका नेपाली नेपालमा बसुन्धरास्थित ग्लोबल डाइनामिक मेनपावरबाट पाँचजना एक बर्ष अघि र पाँचजना छ महिना अघि आएका थिए । उनीहरुलाई मासिक एक हजार तलव र दुई सय खाना खर्र्च गरी १२ सय रियाल दिइने शर्त गरिएको भएपनि प्रतिमहिना ३ सय मात्र दिइएको पीडितले गुनासो गरेका छन् । समस्यामा परेका मध्ये दुईजनाको मात्र कतारी परिचय पत्र बनाइएको छ । 

उनीहरुलाई खानलाई समस्या परे पछि मोरंग सुनसरी सेवा समाज, कतारले केहि दिनको लागि पुग्ने राहत सामग्री उपलव्ध गराएको छ । यस भन्दा अगाडी पनि केहि सामाजिक सस्थाले राहत उपलब्ध गराएका थिए ।

यो पनि पढ्नुहोस् 

‘लोग्ने छैन जहाँ जे गरेपनि भयो नी’ भन्ने वचनले बसिसक्नु छैन 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय