कति छ रिंगिट, रियाल, दिनार र दिरहमको मूल्य ?    

काठमाडौं, असोज १६

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २९ रुपैंयाँ १९ पैसा र विक्रि दर २९ रुपैंयाँ ३५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १० पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४७ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ७० पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ८५ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।  

यसैगरी कुवेती दिनारको खरिददर ३५२ रुपैंया ६३ पैसा छ भनें विक्रि दर ३५४ रुपैंयाँ ६२ पैसा छ । बहराइन दिनारको खरिददर २८१ रुपैंयाँ ९३ छ भनें विक्रि दर २८३ रुपैंयाँ ५२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस् 

‘लोग्ने छैन जहाँ जे गरेपनि भयो नी’ भन्ने वचनले बसिसक्नु छैन 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: