बढ्दैछ भिसा शुल्क 

काठमाडौं, असोज १५

साउदी अरवमा आइतवार देखि भिसा शुुल्क बढ्ने भएको छ । पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट पश्चात आम्दानीका अन्य श्रोतहरुको खोजिमा रहेको साउदी सरकारले भिसा शुल्क बृद्धि गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । 

साउदीको अर्थ मन्त्रालयले प्रस्तुत गरेको सो प्रस्तावलाई मन्त्रीपरिषदले पास गरिसकेको छ । त्यसैले सो निर्णय भोलीदेखि कार्यान्वयनमा आउने अरवन्यूजले समाचार लेखेको छ । 

परिवर्तित नियम अनुसार एकपटक साउदी अरव प्रवेश गर्नेले भिसा वापत २ हजार रियाल(झण्डै नेरु ५२ हजार) तिर्नुपर्नेछ । यसअघि यो प्रकृतिको भिसाका लागि २५ रियाल मात्र तिर्नुपर्दथ्यो । तर हजका लागि पहिलो पटक आउनेहरुलाई यो भिसा शुल्क मिनाहा हुने प्रष्ट पारिएको छ । 

यसैगरी ६ महिनाका लागि पटक पटक आउजाउ गर्न मिल्ने भिसा शुल्क ३ हजार रियाल, सोही प्रकृतिको भिसा एक बर्षका लागि ५ हजार रियाल तथा दुई वर्षका लागि ८ हजार रियाल तोकिएको छ । यसैगरी ट्रान्जिट भिसाका लागि ३ सय रियाल शुल्क तोकिएको छ । दुई महिना भन्दा लामो छुट्टी पछि फर्किने व्यक्तिले प्रति महिना १ सय रियाल रकम तिर्नुपर्ने व्यवस्था गरिएको छ । 

साउदी अरवले आप्रवासी कामदारले कमाएर स्वदेश पठाउने रकममा ६ प्रतिशत कर लगाउने यसअघि नै प्रस्ताव गरिसकेको छ । यो भनें हालसम्म पारित भएको छैन । 

यो पनि पढ्नुहोस् 

राजदुतले विना कारण डिपोर्ट गराएको भन्दै कारवाही गर्न माग 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय