
काठमाडौं- वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिने भनी १८ लाख ४० हजार ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । कोरिया पठाइदिने भन्दै हुण्डी गर्न लगाई ठगी गर्ने ललितपुर ईमाडोल बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ का ५६ बर्षीय निर्मल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले सोलुखुम्बु गुदेल गाविस–४ का आङधानु शेर्पालाई कोरियामा पानीजहाजमा काम गर्न वर्किङ भिषामा प्रतिमहिना एक लाख नेपाली रुपैयाँ तलव हुने प्रलोभन देखाएका थिए । श्रेष्ठले भारतबाट सजिलो तरीकाले लैजान मिल्ने भनी पीडितका परिवारसँग हुण्डी मार्फत १८ लाख ४० हजार रुपैयाँ लिई नक्कली भिषा समेतको कागजात तयार गरी हङकङ हुँदै कोरिया पुर्याएको प्रहरीले जनाएको छ ।
नक्कली भिषा भन्दै कोरिया इमिग्रेसनले उनीहरुलाई नेपाल फर्काएकोले कारवाही गरी पाउँ भनी महानगरीय प्रहरी अपराध महाशाखामा निवेदन दिएपछि खटिएको प्रहरीले श्रेष्ठलाई ललितपुर इमाडोल खरिबोटबाट पक्राउ गरेको हो । प्रहरीले श्रेष्ठलाई आवश्यक अनुसन्धान कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाएको छ ।
कारोवारबाट
यो पनि पढ्नुहोस्
समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कोषमा साढे सात लाख जुट्यो