साउदीमा बढे नेपाली कामदारका समस्या

काठमाडौं, असोज १४ 

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण पछिल्लो समयमा साउदी अरवमा समस्यामा पर्ने नेपालीको संख्या बढेको देखिएको छ । त्यसमध्ये पनि धेरैजसोले काम, अलव फरक पर्ने, तलव नपाउने, अलपत्र पर्ने देखिएको छ । 

बैदेशिक रोजगारमा जाने तथा आप्रवासी नेपाली कामदारलाई सहयोग प्रदान गर्दै आएको संस्था प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी)का अनुसार साउदी अरवमा गत जुलाईयता नेपालीले समस्या खेपेका घटना बढेका छन् । जुलाईमा ३० वटा घटना सो संस्थामा दर्ता भएकोमा अगष्टमा ५५ वटा तथा सेप्टेम्वरमा ३७ वटा घटना दर्ता भएका छन् । यसमध्ये सवैभन्दा धेरै घटना काम, तलव फरक परेको रहेको छ । यसैगरी दोश्रोमा काम फरक परेको र तेश्रोमा स्वास्थ्य समस्या सम्वन्धि घटना रहेका छन् ।  

साउदी अरबमा नेपाली कामदारका समस्या, उद्दारका चुनौति तथा समाधानका पहलहरु विषयमा आयोजित पत्रकारसँगको छलफलमा बोल्दै पिएनसीसीकी कार्यक्रम अधिकृत कृष्णशोभा सुवालले घटना बढेको भएपनि साउदीस्थति नेपाली दुतावासमा पीडितलाई सहयोग गर्ने सरकारी कर्मचारीको अभाव रहेको बताइन् । उनले पछिल्लो समयमा कतिपय नेपालीले आफूहरुलाई खानाको लागि १ देखि ३ सय रियाल प्रतिमहिना दिइने गरेको भन्दै उद्धारका लागि आग्रह गर्ने गरेका छन् । 

सुवालका अनुसार कतिपय मेनपावर कम्पनीलाई साउदीस्थीत कम्पनीले सही रुपमा कामदारलाई रोजगारी, सेवा, सुविधा दिन नसक्ने जानकारी हुँदा हुँदै पनि उनीहरुले कामदार पठाउने गरेको देखिएको छ । तर समस्यामा परेका आफूले पठाएका कामदारलाई त्यस्ता मेनपावर कम्पनीले कुनै सहयोग नगर्ने गरेको उनले बताईन् ।

सो अवशरमा पिएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले साउदी अरवमा कामदारले धेरैखालका समस्या भोगिरहेको भन्दै त्यसका समाधान प्रकृया जटिल रहेको बताए । उनले साउदी अरवमा नेपाल सरकारले चाहेर पनि सुरक्षित आवास गृह सञ्चालन गर्न नसक्ने भन्दै यस अगाडी दुतावासले बनाएको अस्थायी संरचना समेत सो देशको कानून विपरित रहेको बताए । उनले सञ्चारमाध्यमसँग साउदी अरवमा नेपाली कामदारले भोगिरहेका समस्याका बारेमा बलियोसँग आवाज उठाइदिन सञ्चार माध्यमसँग अनुरोध गरे । 

यो पनि पढ्नुहोस्  

घरेलु कामदार अव बैधानिक रुपमा मेनपावर कम्पनी मार्फत जान सक्ने, पहिलो चरणमा युएई जाँदै 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय