बैदेशिक रोजगार पीडितका गुनासो २४ घण्टा नै सुन्ने व्यवस्था मिलाईंदै

 

काठमाडौं, असोज १३ 

श्रम तथा रोेजगार मन्त्रालयले बैदेशिक रोजगार पीडितका समस्या सुन्न २४ घण्टे सेवा सुरुवात गर्ने तयारी थालेको छ । बैदेशिक रोजगार विभाग अन्तर्गत रहने सो संरचनाका लागि आवश्यक पर्ने जनशक्ति, श्रोत साधन लगायतका विषयमा मन्त्रालयले छलफल गरेको हो । बैदेशिक रोजगार महाशाखाले बुधवार यसबारेमा छलफल गर्यो । 

मन्त्रालयका प्रवक्ता सहसचिव गोविन्दमणी भूर्तेलका अनुसार २४ घण्टे गुनासो सुनुवाई सुन्ने व्यवस्थाका लागि कर्मचारीको व्यवस्थापन र आवश्यक अन्य श्रोतसाधनको आँकलन गर्ने काम भइरहेको बताए । उनका अनुसार यसका लागि अझै केहि समय भनें लाग्नेछ । 

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले विदेशका जेलमा ज्यान मुद्धामा रहेका र व्लडमनी जुटाउन नसकेकाहरुलाई रकम उठाउन सिडमनीका रुपमा प्रतिव्यक्ति ५ लाख उपलव्ध गराउने भनेर गरेको घोषणा कार्यान्वयनका लागि पनि बैठकमा छलफल भएको छ । कस्ता व्यक्तिलाई सो रकम उपलव्ध गराउने र त्यसको प्रकृया के हुने भन्ने बारेमा बुधवारको बैठकमा छलफल भएको थियो । 

छलफलमा यसका बारेमा कसरी कार्यविधि बनाउने भनेर छलफल भएको सो छलफलका एक सहभागिले बताए । उनका अनुसार मुद्धाको प्रकृति हेरेर सिडमनी उपलव्ध गराउनु उचित हुने अधिकाँश सहभागिको राय थियो । 

यसैगरी प्रधानमन्त्रीको घोषणामा परेको बैदेशिक रोजगारमा ज्यान गुमाउनेका परिवारलाई दिने भनिएको ७ लाखका बारेमा पनि कसरी प्रकृया अगाडी बढाउने भनेर छलफल गरिएको थियो । हाल ३ लाख दिईंदै आएको रकमलाई बृद्धि गरी ७ लाख पुर्याउने प्रधानमन्त्री प्रचण्डले यस अघि नै घोषणा गरिसकेका छन् । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले यसअघि मृतकका परिवारलाई ५ लाख उपलव्ध गराउन सिफारिस गरेपनि सो हालसम्म कार्यान्वयनमा आएको छैन । 

यो पनि पढ्नुहोस्  

मलेसियामा तीन क्षेत्रको काममा बंगलादेशीका लागि खुल्ला गरिएको घोषणा  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय