काठमाडौं, असोज १२
रोजगारीका लागि साउदी अरव पुगेका एक नेपालीले आफूलाई दुर्घटना पश्चात पाउनुपर्ने क्षतिपूर्ति नदिइएको भन्दै सो दिलाइदिन आग्रह गरेका छन् । सन् २०१५ नोभेम्वर ४ मा रोजगारीका लागि अन्नपूर्ण ईण्टरनेशनल सर्भिस प्राली मार्फत साउदी पुगेका पर्साका जाफर मियाँ, धुनियाँले सहयोगका लागि निवेदन दिएका हुन् ।
गत जुन ७ तारिखमा मियाँको कामको सिलसिलामा दुर्घटनामा परेर दाहिने खुट्टा भाँचिएको थियो । अपरेशन पश्चात खुट्टामा स्टील हालिएको र हाल आफूले पाउनुपर्ने क्षतिपूर्ति माग्दा कम्पनीले नदिएको उनको भनाई छ । उनी साउदी अरेवियास्थीत फाहाद एच हाइदर फर जेनरल कन्ट्राक्टिङ कम्पनीमा कार्यरत छन् ।
उनले घटनाको चार महिना वितिसक्दा पनि आफूलाई क्षतिपूर्ति नदिइएको उल्टै काम गर्न कम्पनीले बाध्य बनाएको भन्दै आफूलाई न्याय दिलाइदिन जिफन्ट सपोर्ट ग्रुप, साउदीसँग आग्रह गरेका छन् । उनको निवेदनलाई साउदीस्थीत नेपाली दुतावासमा पठाइएको र सहयोगका लागि आग्रह गरिएको जिफन्ट, साउदीका प्रतिनिधि राज तामाङले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
मृत्युदण्डबाट जोगाउन सहयोग गरिने