बैदेशिक रोजगारका नाममा मानव बेचविखन मौलायो 

बर्दिया- बर्दियामा वैदेशिक रोजगारको प्रलोभनमा मानव बेचबिखनका घटनामा वृद्धि भएको छ । विदेशमा राम्रो जागिर पाइने र धेरै पैसा कमाइ हुने प्रलोभन देखाउँदै दलालहरुले बेरोजगारहरूलाई विदेशमा लगेर बेच्ने गरेको पाइएको छ । 

खुला सिमानाका कारण दलालहरुलाई सीमा कटाउन र भारतीय बाटो हुँदै खाडी मुलुकहरुमा पु¥याउन सहज हुने भएपछि बर्दिया र बाँकेका भारतीय सीमावर्ती विभिन्न नाका हुँदै मानव तस्करी हुने गरेको छ ।

तस्करहरुको जालोमा बेरोजगार तथा आर्थिक रूपमा कमजोर वर्गका महिला तथा युवा विदेशमा राम्रो काम पाइने लोभमा सजिलै फस्ने गरेका छन् । 

घरमा जीवनस्तर धान्न गाह्रो भएपछि विदेशमा गएर धेरै पैसा कमाउने आशमा भारतको निशानगाडा हुँदै कुवेत जान लागेकी बर्दिया सानोश्री तारातालकी २१ वर्षीया कविता ९नाम परिवर्तन०लाई आइतबार बर्दिया प्रहरीले ताराताल भन्सार सीमाबाट उद्धार गरेको थियो । प्रहरीले शंका लागेर सोधपुछ गर्दा बेच्न लैजान लागेको कुरा थाहा भएपछि बाँसगढी नगरपालिका–७ निवासी ३५ वर्षीय हिरा हमाललाई पक्राउ गरेको थियो ।

हमाललाई मानव बेचबिखन तथा ओसारपसार शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए । यो नाका हुँदै मानव तस्करी हुने गरेको सूचनाका आधारमा नाकामा चेकजाँच तथा निगरानी बढाइएको उनको भनाइ छ । चालू आवको दुई महिनामा मात्र बर्दियामा मानव बेचबिखन तथा ओसारपसारका तीनवटा मुद्दा दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय