मृत्‍युदण्डबाट जोगाउन सहयोग गरिने 

हरिकृष्ण न्यौपाने, कुवेत, असोज ११ 

बिगत तीन बर्ष देखि कुबेतमा कार्यरत जीवन रानाभाटलाई कुबेतको तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। अटोमेक कम्पनीमा सवारी चालकका रुपमा कार्यरत चितवन शुक्रनगर १ का रानाभाटलाई लागुऔषध ओसारपसार गरेको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाईएको हो।

चितवन सेवा समाज कुवेतले कानूनी सहायताका लागि वकिल तोकी सकिएकोले वकिललाई भेटेर कानुनी प्रकृया कहाँ पुगेको र के गर्न सक्ने सबै बुझेर वकिललाई तिर्नु पर्ने रकमका लागि चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल लगाएयत अन्तराष्टिय समितिले सहयोग गर्ने भएको अध्यक्ष नबिन लोप्चनले बताए। उनले भोली नै वकिललाई भेटेर जीवनको मुद्दाको बारेमा पूर्ण जानकारी लिएर सहयोग संकलनका लागि आवश्यक परेमा कुवेतका नेपाली संघसंस्थाहरु लगाएत देशबिदेशका नेपालीलाई अपिल गर्ने बताए । 

कुवेतस्थीत नेपाली दुतावासका द्धितिय सचिव भोगेन्द्र लिङ्गदेनले कुवेतको तल्लो अदालतले मृत्‍युदण्ड दिए पनि जीवन रानाभाटले पुनराबेदन अदालतमा जान सक्ने कुवेतको नियम रहेको बताए। रानाभाटलाई दुताबासले दुई पटक भेटेर सम्पूर्ण विवरण परिवार र सम्बन्धित निकायलाई पठाइएको लिङ्गदेन बताउछन। उनका अनुसार घर फर्कने तयारीमा रहेका रानाभाट एक्कासी हराएका थिए भने उनलाई लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको थियो । 

यो पनि पढ्नुहोस् 

कतारद्धारा यात्रुलाई फ्रिभिसा दिने घोषणा, भिसा हमाद अन्तराष्ट्रिय विमानस्थलमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय