कतारद्धारा यात्रुलाई फ्रिभिसा दिने घोषणा, भिसा हमाद अन्तराष्ट्रिय विमानस्थलमा

दोहा, असोज ११ 

कतारमा ५ घण्टा भन्दा बढी समय ट्रान्जिट पर्नेगरी यात्रा गर्ने यात्रुले अव कतारको चारदिने निःशुल्क भिसा पाउने भएका छन् । त्यस्ता यात्रुले हमाद अन्तराष्ट्रिय विमानस्थलमा नै त्यस्तो भिषा पाउने सरकारी निकायलाई उधृत गर्दै दोहा न्यूजले समाचार प्रकाशित गरेको छ । समाचार अनुसार त्यस्तो भिसा पाउन आफ्नो ५ घण्टा भन्दा बढी समयको ट्रान्जिटको प्रमाण उपलव्ध गराउनु पर्नेछ । यस्तो सुविधा जुनसुकै देशका नागरिकले पाउनेछन् । 

विश्व पर्यटन दिवसको अवशर पारेर कतारको आन्तरिक मन्त्रालय, कतार पर्यटन प्राधिकरण तथा कतार एयरवेजले यस्तो सुविधाको घोषणा गरेका हुन् । परिवर्तित व्यवस्था अनुसार  ट्रान्जिटका यात्रुहरुले कतार प्रवेशका लागि लम्वेतान प्रकृया अपनाउनु पर्नेछैैन । यसअघि ८ घण्टा भन्दा लामो ट्रान्जिट भएका यात्रुले २ दिनको भिसा पाउँदै आएका थिए । यसलाई बढाएर ५ दिनको बनाइएको हो भनें ट्रान्जिटको अवधिलाई पनि ५ घण्टामा झारिएको हो । युएईमा चार दिनको सोही प्रकृतिको भिसा दिने व्यवस्था गत बर्षदेखि अभ्यासमा रहेको समाचारमा जनाइएको छ । 

कतारले यो व्यवस्था कतारको पर्यटन प्रवद्र्धनका लागि अगाडी सारेको हो । यसले कतारलाई एउटा पर्यटकिय गन्तव्य बनाउने अपेक्षा त्यहाँका सरकारी अधिकारीहरुले अपेक्षा प्रकट गरेका छन् । तर यसले भिजिट भिसामा बैदेशिक रोजगारीमा जानेहरुलार्ई बढावा दिने खतरा रहेको छ । 

यो पनि पढ्नुहोस् 

कतारमा घरफिर्तिको लागि निवेदन दिने समय थपियो 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: