मन्त्रीस्तरिय निर्णयले हुन्थ्यो भनें म खोलिदिन्थेंः श्रम मन्त्री गुरुङ

 

काठमाडौं, असोज ११ 

श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले मन्त्रीस्तरिय निर्णयबाट हुने भए आफूले अफगानिस्तानमा रोजगारीका लागि जान लागेको प्रतिवन्ध खोलिदिने बताएका छन् । तर यो मन्त्रीपरिषदको निर्णय भएका कारण बन्देज खुल्ला गर्ने काम पनि मन्त्रीपरिषद बैठकले नै गर्नुपर्ने बताए । 

मंगलवार राजधानीमा सुरु भएको बैदेशिक रोजगार सम्वन्धि दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री गुरुङले अफगानिस्तानको विषयले आफ्नो टाउको दुखाएको बताए । “मान्छेहरु आफ्नो भिषाको म्याद सकिन लागेको भन्दै आउँछन् तर म उनीहरुलाई सहयोग गर्न सक्दिन मन्त्री गुरुङले भने त्यसैले यस बारेमा हामी नयाँ ढंगले सोचिरहेका छौं । तर मैले नयाँ ढंगले हेर्न खोजेका छौं मात्र भनेको हो, त्यसका बारेमा अन्य प्रचार गरिएको छ” मन्त्री गुरुङले भने । 

उनले फ्रिभिषा, फ्रिटिकटको व्यवस्थाका बारेमा आफूलाई मन्त्रालयको जिम्मेवारी सम्हाल्ने वित्तिकै विवादमा पार्ने प्रयास गरिएको गुनासो गरे । उनले आफूले सरकारको सो निर्णय पश्चात बैदेशिक रोजगारमा जाने कामदार र रेमिट्यान्स दुवैै घटेको विषय बोल्दा निर्णय फिर्ता लिन लागेको भन्दै सञ्चार माध्यममार्फत गलत प्रचार गराइएको उनको भनाई थियो ।

उनले बैदेशिक रोजगार नभई पनि नहुने र यसले दिगो आर्थिक विकासका लागि मद्धत पनि नगर्ने दुवै समस्याको बीचमा राज्य रहेको उनको भनाई थियो । उनले आफू कुनै विवादमा पर्न नचाहेको र आफूलाई कहिंबाट कुनै पैसा कमाउनु पनि नरहेको भन्दै यसमा ढुक्क हुन मन्त्री गुरुङले आग्रह गरे । 

सो अवशरमा मन्त्रालयका सहसचिव गोविन्दमणी भूर्तेलले बैदेशिक रोजगार कुनै परिवारको मात्र विषय नभएको भन्दै यो समाज, देश, क्षेत्रिय हुँदै अन्तराष्ट्रिय विषय बनेको बताए । उनले बैदेशिक रोजगारको प्रवद्र्धन राज्यको उद्धेश्य नभएको भन्दै आफूहरु त्यसलाई सुरक्षित र मर्यादित बनाउन लागिपरेको बताए । उनले सुचनाको पहुँच बढाउन मन्त्रालय प्रयत्नरत रहेको धारणा राखे । 

कार्यक्रमका सहभागिहरुलाई स्वागत गर्दै सुरक्षित आप्रवासनका लाििग राष्ट्रिय सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले सम्मेलनले बैदेशिक रोजगारको क्षेत्रमा देखिएका पछिल्ला विषयहरुमा गहनतापूर्वक छलफल गरी महत्वपूर्ण निश्कर्ष निकाल्ने अपेक्षा प्रकट गरे । 

यो पनि पढ्नुहोस् 

डलर खानेहरुले बैदेशिक रोजगारमा बेथिति ल्याएः मेनपावर व्यवसायी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय