
काठमाडौैं, असोज ११
मेनपावर व्यवसायमा संलग्नहरुले विदेशी डलर ल्याएर खानेहरुले बैदेशिक रोजगारलाई लथालिङ्ग बनाएको आरोप लगाएका छन् । उनीहरुले हुनै नसक्ने निःशुल्कमा बैदेशिक रोजगारमा पठाउनै नसकिने भन्दै डलरवालाहरुले हल्ला गरेको देखेर आफूहरु आश्चर्यचकित भएको बताएका छन् ।
नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्ः फ्री मा बिदेश पठाएन भन्ने कुरा गर्दै चिच्याएर हिडेको एनजिओवाला भेटियो। मलाई हासो लाग्यो खित्का छोडेर हॉसे । किनकी सबैलाई थाहा छ फ्रीमा केही चीज पाईदैन भन्ने। फ्रीमा डलर खाई रहेका तिनि कन्फ्यूज़ रहेछन लौ न कसैले तिनलाई सम्झाई दिनु परयो।
गुरुङको यो भनाईमा हाँ मा हाँ मिलाउँदै शरदराज बैद्य लेख्छन्ः फ्रीको डलर पचाउन फ्री भिषा भनेर हल्ला गर्नै पर्यो नि । जे होस बिचरा एनजिओहरुले पनि आफ्नो धर्म त निभाएकै छ है हल्ला गरेरै भए पनि तर उनिहरुको डलरको हल्ला पो कसले गरिदिने होलारु
प्रेम देसार लेख्छन्ः फ्रिमा पठाउनु र नपठाउनु आफ्नो ठाउँमा छ । तर एनजिओ र आइएनजिओहरु देशका धमिराहरु हुन् । उनीहरुले डलर बाहेक अरु केहि देख्दैनन् ।
सरकारले गत बर्ष देखि खाडीका ६ मुलुक र मलेसियामा फ्रिभिषा, फ्रिटिकटको निर्णय गरेपछि मेनपावर व्यवसायी त्यसको विरोधमा उभिंदै आएका छन् ।
यो पनि पढ्नुहोस्
ईराक र अफनगानिस्तानको प्रतिवन्ध हट्छः श्रम मन्त्री गुरुङ