
काठमाडौं, असोज १०
कामको सिलसिलामा दुर्घटनामा परेर खुट्टा भाँचिएका एक नेपालीले आफूलाई क्षतिपूर्ति दिलाई नेपाल फर्काइदिन माग गर्दै जिफन्ट सपोर्ट ग्रुप साउदी अरवमा निवेदन दिएका छन् । उनले आफू दुर्घटनामा परेर दाहिने खुट्टामा स्टील हाल्नु परेको र हाल स्वदेश फर्किन चाहेको भन्दै आफूलाई क्षतिपूर्ति दिलाई स्वदेश फर्किने वातावरण बनाइदिन माग गरेका छन् ।
सन् २०१५ सेप्टेम्वर १९ मा वल्र्ड वाईड इम्प्लोयमेण्ट, काठमाडौं मार्फत रोजगारीका लागि साउदी पुगेका मोहम्मद खालिल कामको क्रममा २०१६ मार्च ९ तारिखका दिन दुर्घटनामा परेका थिए । उनी फाहाद एच हाइदर ईष्ट फर जेनरल कन्ट्राक्टिङ कम्पनी, दमाममा कार्यरत थिए । उनले घटनाको ६ महिना वितिसक्दा पनि कम्पनीले क्षतिपूर्ति दिन नचाहेको भन्दै त्यसका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।
उनको निवेदन प्राप्त भएपछि यसका बारेमा साउदीस्थीत नेपाली दुतावासमा जानकारी गराइएको जिफन्ट साउदीका प्रतिनिधि राज तामाङले बताएका छन् ।
यो पनि पढ्नुहोस्
ईराक र अफनगानिस्तानको प्रतिवन्ध हट्छः श्रम मन्त्री गुरुङ