काठमाडौं, असोज १०
श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले अफगानिस्तान र इराकमा निश्चित क्षेत्रको बैदेशिक रोजगारीमा जान लगाइएको प्रतिबन्ध हटाउन लागेको बताएका छन् । यसबारे आगामी मन्त्रिपरिषदबाट निर्णय लिने सम्भावना रहेको उनले जानकारी दिए ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री गुरुङले भने, ‘दुवै देशमा कामदार पठाउने अत्यधिक दवाव आएको छ, सरकारले सम्भवतः अवको क्याविनेटबाट यसबारे निर्णय गर्छ, प्रधानमन्त्री स्वयमले प्रस्ताव पेश गर्न भन्नुभएको छ ।’
अमेरिकी, बेलायत लगायतका देशका राजदूतहरुले भेटेर नै अफगानिस्तान र ईराकस्थित आफ्नो दूतावासहरुमा नेपाली कामदार पठाउन प्रधानमन्त्रीलाई दबाव दिएको मन्त्री गुरुङले दाबी गरे । उनले भने, ‘नेपाली कामदारहरुको सुुरक्षाको प्रत्याभुति गर्छौं भन्नुभएको छ, त्यसैले सरकारले प्रतिबन्ध फुकुवा गरेर कामदार पठाउँछ ।’
रेड जोनबाट ग्रिनजोनसम्म पुर्याउनको लागि उनीहरुले बुलेटप्रुफ साधनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
यो पनि पढ्नुहोस्
१० गते १० बजेस् देश परदेशकोे तेश्रो बर्ष
