
काठमाडौं, असोज १०- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २९ रुपैंयाँ २१ पैसा र विक्रि दर २९ रुपैंयाँ ३८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १२ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५१ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ८५ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ छ । पछिल्लो केहि समययता २५ रुपैंयामा उत्रेको रिंगिटको सटही दर २६ रुपैयाँ टेकेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५२ रुपैंया ९१ पैसा छ भनें विक्रि दर ३५४ रुपैंयाँ ९० पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ २ छ भनें विक्रि दर २८३ रुपैंयाँ ६१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
१० गते १० बजेस् देश परदेशकोे तेश्रो बर्ष