देश परदेशलाई शुभकामना

सञ्जालको शुभकामना 

शुभकामना देश परदेशलाई 

 

 

………………………………….. 

………………………………………………………………

शुभकामना देशपरदेश 

“सीप, समृद्धि र सुरक्षित बैदेशिक रोजगार” भन्ने मुख्य नारा लिएर २०७१ मा स्थापना भएको www.deshparadesh.com ले नेपाली सञ्चार माध्ययमको समुहमा वैग्लै परिचय बनाएको छ । रोजगारीको पर्यायवाची वैदेशिक रोजगारी बनेको वर्तमान नेपाली समाजमा बैदेशिक रोजगारीलार्ई सुरक्षित, मर्यादित र परिणाममुखि बनाउन देशपरदेशले चलाएका अभियानहरु अति नै प्रभावकारी र परिणाममुखी रहेका छन् । 

नेपाल सरकारले घोषणा गरेको फ्रि भिषा फ्रि टिकटको नियमलार्ई प्रभावकारी कार्यान्वयन गराउनको लागि वेव साइट, सामाजिक सञ्जाल हुँदै देश तथा विदेशमा रहेका नेपालीहरुलाई प्रत्यक्ष सहभागि गराइ उक्त नियमलार्ई उल्टाउन प्रयत्न गर्नेहरुलार्ई गरेको खवरदारी अभियान निकै प्रभावशालि रह्यो । साथै विदेशमा कयौं वर्ष देखि हराएका परदेशी खोज्नका निमित्त चलाएको “हराएका परदेशी” नामक अभियानले नचाहेर पनि विछोडिएको परिवारलार्ई पुनः जोड्न र कतिका परिवारका अनुहारमा आशाको दियो बाल्न सफल रह्यो । यससाथै रोजगारी सम्बन्धि नियमित समाचार, फलैचा, देश र परदेशमा रहेका नेपालीहरुको सिर्जना तथा विचार, जान्नै पर्ने कुरा र अवसर जस्ता स्तम्भहरुले देशमै रोजगारीका लागि भौतारीएका युवा र बिदेशमा रहेका नेपालीहरु र तिनका परिवारको प्रिय बन्न सफल भएको छ । तसर्थ आज दोश्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको यो शुभ–अवसरमा “निरन्तर यात्रा र दृढ संकल्प” सहित देश विदेशमा रहेका नेपालीहरुको पथ प्रदर्शक बन्न सफल रहोस् भनि शुभकामना व्यक्त गर्न चाहन्छौ ।  

– सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स  www.cmir.org.np

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय