नेपालका सहकारी रकम संकलनका लागि पसे विदेश  

क्वालालम्पुर- रोजगारीका लागि मलेसिया आएका नेपालीको बचत गर्ने बानी विकास गर्न बचत अभियान थालिएको छ । नेपालका केही सहकारी संस्थाको संयोजनमा यो अभियान सुरु गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार एक कार्यक्रम आयोजना गरी बचत अभियान सुरु गरिएको छ । कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जनमान सिंह बस्न्यातले बचत कार्यक्रमले विदेशबाट फर्किएका नेपालीलाई देशमा स्वरोजगार हुन महत्त्वपूर्ण योगदान पुग्ने बताए । 

सहकारी र वित्तीय संस्थामा रकम बचत गराउन एक्सेस एड्भाइजरी नामक संस्थाले प्राविधिक सहयोग गर्ने भएको छ । पहिलो चरणमा झापाको नेपाल वहुउद्देश्यीय सहकारी संस्था, साहरा नेपाल, सुनसरीको फरवार्ड नेपाल र नवलपरासीको बिकु सहकारीले मलेसियामा रहेका नेपालीको रकम बचत गर्ने भएका छन् ।

मुक्तिनाथ विकास बैंकलेसमेत यसमा सहयोग गर्ने जानकारी दिएको छ । नागरिक लगानी कोषका कर्मचारी छबिरमण अधिकारीले लगानी गर्न चाहने नेपालीको रकम नागरिक लगानी कोषले व्यवस्थापन गर्ने जानकारी दिए ।

नेप्सकुनकी कर्मचारी रश्मी वस्ताकोटीले सुरुमा चारवटा सहकारीबाट काम थालिए पनि विस्तारै अन्य सहकारीलाई पनि सहभागी गराइने जानकारी दिइन् ।

रोजगारीका लागि मलेसिया र खाडी मुलुक गएका नेपालीमा रकम बचत गर्ने बानी बसाल्न नसक्दा पैसा अनावश्यक क्षेत्रमा खर्च भइरहेको निष्कर्षसहित यो अभियान थालिएको हो । मलेसियामा एक्सेसले श्रमिकलाई बचत सम्बन्धी तालिम दिने जनाएको छ । नेपालीलाई संगठित गर्ने र रेमिटेन्समा श्रमिकको पहुँच बढाउने कार्यमा पनि आफ्नो संस्थाले सहयोग पुर्‌याउने एक्सेसका कन्ट्री म्यानेजर अभय सिंहले जानकारी दिए ।

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय