
काठमाडौं, असोज ९
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं–तिहार उपहार सार्वजनिक गरेको छ । जस अन्तर्गत विदेशबाट पैसा पठाउँदा र नेपालमा पैसा प्राप्त गर्दा २०७३ असोज १० गतेदेखि पुस ९ गतेसम्म कारोबार गर्ने ग्राहकहरू मध्ये १ जनालाई गोलाप्रथाबाट काठमाडौँमा ४ आना जग्गा उपहार दिने भएको छ ।
हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडि टेलिभिजन प्राप्त गर्ने सो दशैं तिहार योजनामा १२ हप्तासम्ममा १२ जना भाग्यशाली विजेता घोषणा गरिने उल्लेख गरिएको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले उपहार योजनाबारे बोल्दै विगतमा गाडी तथा मोटरसाइकलजस्ता उपहार दिँदै आएकोमा यस बर्षको दसैँ–तिहारमा जग्गा उपहार योजना अगाडी सारेको बताए।
यो पनि पढ्नुहोस्
विदेशबाट आउँदा ल्याएका के के बस्तुमा भन्सार लाग्दैन ?