कति छ रिंगिट, रियाल, दिनार र दिरहमको मूल्य ?    

काठमाडौं, असोज ९- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २९ रुपैंयाँ २१ पैसा र विक्रि दर २९ रुपैंयाँ ३७ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९६ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १२ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५२ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ८४ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ९८ पैसा छ । पछिल्लो केहि समययता रिंगिटको सटही दर २६ रुपैयाँ आसपास थियो । धेरै समयपछि रिंगिटको भाउ पुनः २५ रुपैंयामा ओर्लिएको छ । यसले बहुसंख्यक नेपाली कार्यरत देशको मुद्राको सटही दर घट्दा धेरैलाई आर्थिक नोक्सानी हुन्छ ।   

यसैगरी कुवेती दिनारको खरिददर ३५२ रुपैंया ९६ पैसा छ भनें विक्रि दर ३५४ रुपैंयाँ ९५ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ १७ छ भनें विक्रि दर २८३ रुपैंयाँ ७६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस् 

युएईमा अलपत्र परेका १० नेपालीद्धारा उद्धारको अपिल

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय