कतारमा काभ्रेलीहरुको भेला, नयाँ कार्यसमिति 

दामोदर दाहाल, दोहा, असोज ९- काभ्रे सम्पर्क समितिले बिशेष भेला आयोजना गर्दै प्रथम अधिबेसन सम्पन्न गरेको छ। कतारलाई कर्मभुमी बनाउदै आएका काभ्रेलीहरु एकजुट भएर आफ्नो गृह जिल्लाबासिहरुलाई प्रबासमा कुनै समस्या परेमा वा आफ्नो देशमा कुनै प्राकृतिक बिपत पर्दा सहयोग गर्ने र भाइचाराको सम्बन्धलाई एकजुट बनाउने मुख्य उदेश्य रहेको सस्थाले जनाएको छ।

२०१६ जुलाईमा बसेको काभ्रेलीहरुको आम भेलाले  काभ्रे सम्पर्क समिति, कतार सस्थाको बिस्तार गरि नन्द प्रसाद ढुंगाना सयोजकत्वमा १५ सदस्यीय समिती गठन गरिएको थियो। उक्त समितिले आफ्नो प्रथम अधिबेसन भव्यताका साथ सम्पन्न  गर्यो।

अधिवेशनले नन्दप्रसाद ढुंगानाको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा नारायण बिष्ट, द्धितिय उपाध्यक्षमा हरि घिमिरे, तृतीय उपाध्यक्षमा दिनेश घिमिरे, महासचिवमा गौरवराज अधिकारी, सचिवमा राजन कुमार सापकोटा, कोषाध्यक्षमा हरि शरण पण्डित, सह कोषाध्यक्षमा  दीपेन्द्र श्रेष्ठ, त्यस्तै महिला संयोजकमा बृन्दा अधिकारी (सापकोटा), महिला सदस्यमा श्रेया तिवारी र सदस्यहरुमा बिनोद दुलाल, रमेश सापकोटा, रोशन श्रेष्ठ, बुद्धिमान सुनार, प्रेम सुनार, सुमन रसाइली, नारायण संजेल, प्रदिप न्यौपाने, रुप कुमार श्रेष्ठ, प्रकाश गौतम, कान्छा मान श्रेष्ठ, बिकास अधिकारी र  बाबुलाल तामाङ रहेका छन।

स्मरण रहोस काभ्रे सम्पर्क समिति सुरु भएको महिनामै काभ्रे जिल्ला घर भई कतारमा लामो समयदेखि एक मात्र नेपाली अर्गानिक ब्यवसाय तथा बिभिन्न संघ सस्था मार्फत समाज सेवा गर्दै आएका सफल ब्यवसायी कमल प्रसाद घिमिरेको संयोजकत्वमा रामचन्द्र तिमल्सिना बचाउ अभियानमा ५ लाख संकलन गरेर नेपाल पठाईएको  थियो।

कार्यक्रम बिभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम, लोक दोहोरि, नाच गान सहित समापन गरिएको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय