मलेसिया कामदारलाई दासको व्यवहार गर्नेमा ५० औं स्थानमा, कुन हुन खराब मुलुकहरु ? 

 

सुदीप निउरे, असोज ८, क्वाललुम्पुर

आप्रवासी कामदारलाई गरिने अमानविय व्यवहारका हिसावले मलेसिया १ सय ६७ मुलुक मध्ये ५० औं नम्वरमा परेको छ । मलेसियामा कार्यरत ३ करोड आप्रवासी कामदारमध्ये आधा प्रतिशतले आधुनिक दासताको व्यवहार खेपिरहेको सर्वेक्षणले देखिएको छ । 

बिश्व दासत्वको सूचकांक २०१६ ले मलेसियामा एकलाख २८  हजार भन्दा बढि आप्रवासी कामदार दासकै अवस्थामा काम गरेको पनि दावी गरेको मलायामेलमा खबर छ । 

यहाँ काम गर्ने मजदुरको अवस्था अध्ययन गरि सार्वजनिक गरेको एक तथ्यांकले यस्तो देखाएको हो । कामदारलाई कामदारको रुपमा नभई दासको रुपमा काम गर्न लगाईएको र उनिहरुमाथी पशुवत ब्यबहार गर्ने गरिएको सुचकांकले जनाएको छ । 

बिश्वबाट दासप्रथा उन्मूलन भइसक्दा पनि कामदारलाई दासको रुपमा काममा लगाउने गरेको भेटिए पछि अध्ययनको रिपोर्टमा उनिहरुलाई आधुनिक दासको नाम दिईएको छ । अध्ययन गरिएका सबै मुलुकमा कुल ४५ करोड कामदार आधुनिक दासको  रुपमा जिविकोपार्जन गर्न बाध्य भएको पनि उल्लेख छ ।

कामदारमाथी राम्रो ब्यबहार गर्ने मुलुकलाई ट्रिपल ए र नराम्रो ब्यवहार गर्नेलाई ट्रिपल सि तथा साह्रै खराव ब्हावर गर्नेलाई डि को दर्जा दिईएकोमा मलेसिया ट्रिपल सी को दर्जामा परेको छ । कामदारको सन्दर्भमा हरेक रिपोर्टले मलेसियालाई खरावनै देखाउने गर्दछन्  । गत बर्षको रिपोर्टले पनि मलेसियाले कामदार माथी गर्ने ब्यबहार अमानबिय भएको देखाएको थियो । यौन हिंसा , रोजगारको ठाउंमा काराबास,बिना आराम कामदार परिचालन लगाएत कुरामा मलेसिया खराव रहेको रिपोर्टमा उल्लेख थियो ।

सर्त सम्झौता बिपरित डर, धाक, धम्की, धोकाधडी, त्रास ,शारीरिक तथा मानशिक यातना दिएर काम गर्न बाध्य पारिनुलाई दास बराबर मानिन्छ ।  रोजगारदाताले गर्ने ब्यवहार तथा कुनै पनि कुरा नियम संगत नभेटीए पछि उनीहरुलाई आधुनिक दासीको रुपमा सुचिकृत गरिएको सूचकांकले उल्लेख गरेको छ ।

यसैगरि बिश्वकै नमूना देश भनेर चिनिने सिंगापुरमा समेत ९ हजार २ सय जना कामदारलाई दासको रुपमा काममा लगाएको पाईएको छ । सिंगापुर, सुचकांकको १ सय ३० औं स्थानमा छ। यसैगरि भियतनाम ४७ औ स्थानमा , फिलीपिन्स १९ औ स्थानमा, थाईल्याण्ड १६ औं स्थानमा र ईण्डोनेसिया १० औ स्थानमा देखा परेका छन् । जुन देशमा कामदारलाई नराम्रो ब्यबहार गरिन्छ सुचकांकमा उनीहरुको स्थान त्यहि आधारमा तलतल राखिएको छ ।देशको स्थान जति तल देखाईएको छ, कामदार माथी गर्ने खराव ब्यबहार त्यतीनै बढि हुने गरेको रिपोर्टले स्पष्ट पारेको छ ।

यस्तै चीनमा ३३ लाख, पाकिस्तानमा २१ लाख र भारतमा १८ लाख कामदारलाई दासी बनाएर काम लगाउने गरेको पनि रिपोर्टमा उल्लेख छ । यसैगरि लग्जम्बर्गमा केहि न्युन कामदारलार्इ मात्र दासको रुपमा काममा लगाइएको पाईएको रिपोर्टमा छ । त्यस मुलुकमा एक सय जना भन्दा पनि कम ब्यक्ति दासको रुपमा काममा लगाएको पाइएको  सूचकांकमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् 

परदेशबाट गरेको शंकाले भताभुङ्ग बनाउँदै घरवार   

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय