युएईमा अलपत्र परेका १० नेपालीद्धारा उद्धारको अपिल

युएई, असोज ८ 

प्रतिव्यक्ति साढे तीन लाखसम्म तिरेर आएका युवा युएईमा उद्धारको पर्खाइमा छन् । सेक्युरिटी गार्डको काममा प्रतिमहिना २८ सय दिरहम(७८ हजार ८ सय) तलव पाउने अपेक्षामा उनीहरु दलाललाई मोटो रकम बुझाएर युएई आएका थिए । यसले त्रिभुवन विमानस्थलमा हुने सेटिङको घटनालाई पुनः एकपटक बाहिर ल्याएको छ । 

पीडितहरुले उद्धारका लागि युएईस्थीत नेपाली दुतावास र नेपाली समाज, युएईमा उद्धारका लागि निवेदन दिएका छन् । ३ लाख ५० हजारको दरले रकम बुझाएर आएपनि यहाँ भनिए अनुसार काम नपाए हामी अलपत्र परेका छौं पीडितले भनेका छन् । 

यसरी अलपत्र पर्नेहरुमा कञ्चनपुरका टोपीराम जैसी, बाँकेका गौतम गिरी तथा सुरेश बहादुर चन्द, महेन्द्रनगरका कैलाश चन्द्र पन्त तथा गणेश बहादुर चन्द र गोर्खाका हिरण खत्री, तहाल लिम्वु, दावा तामाङ, दिपेन्द्र विक र प्रणय मुखिया रहेका छन् ।

नेपालबाट राम्रो रोजगारीको आश्वासनमा उडेका उनीहरुले दुवई उत्रिएपछि मात्र आफूहरु ठगिएको बुझेका थिए । मानवतस्करद्धारा ठगिएका उनीहरुले आफूहरु खान समेत नपाउन गरी पार्कमा रात विताउनु पर्ने अवस्थामा रहेको बताएका छन् । उनीहरुले रमेशनाथ, विपिन श्रेष्ठ लगायतले आफूहरुबाट ठूलो रकम असुलेको बताएका छन् । रमेशनाथ काठमाडौंमा बसेर मानव तस्करी गर्ने व्यक्ति हुन् ।

भिजिट भिषामा दुवई आएका उनीहरुलाई रमेशनाथले प्रतिव्यक्ति ६० हजार तिरेर विमानस्थलको प्रहरीलाई मिलाएको बताएका थिए । विमानस्थलमा प्रहरीले नै सहयोग गरेको उनीहरुको भनाई छ । उनीहरुलाई साथमा डलर भए नभएको समेत अध्यागमनका कर्मचारीले सोधेका थिएनन् । भिजिट भिषामा कुनै देश जानेहरुसँग १ हजार डलर साथमा हुनुपर्छ । 

युएईका लागि कार्यवाहक राजदुत नेत्रबहादुर टण्डनले विमानस्थलमा यस्ता विषयमा कडाई गरिनुपर्ने बताए । उनले सम्वन्धित देशको दुतावासको अनुमति विना यसरी आउन नदिने व्यवस्था हुनुपर्ने बताए । 

एनआरएनए, युएईका उपाध्यक्ष रमेश श्रष्ठले त्रिभुवन विमानस्थलमा हुने गल्तीले वारम्वार यस्ता समस्या दोहोरिईरहेको बताए । उनले श्रम गर्न जाने र घुम्न जानेबीच सहजै फरक छुट्याउन सकिने अवस्था रहँदा रहँदै समेत यसमा सम्वन्धित अधिकारीहरु गम्भीर नभएको बताए ।

रिपव्लीकाबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय