सरकारी अनुमति लिएर युएईमा कार्यक्रम गर्ने तयारी

 

सन्तकमार चौधरी, युएई, असोज ८ 

गतवर्ष जस्तै यसवर्ष पनि युएईमा रहेका थारूहरूले माघि पर्व भव्य रुपमा मनाउने तयारी थालेका छन् । थारूहरूको छाता संगठन प्रवाशी थारू समाज, युएईको शुक्रबार बसेको बैठकले माघिपर्व भव्य रुपमा मनाउने निर्णय गरेको हो । 

यसका लागि आवश्यक तयारी थालिएको प्रवाशी थारू समाजका अध्यक्ष किशोर चौधरीले जानकारी दिए । माघिपर्वका लागि हल व्यवस्थापन, अतिथि आमन्त्रणसंगै अन्य आवश्यक तयारी गरिने समाजका सचिव रूपेश थनेत  चौधरीले जानकारी दिए । यस पटक नेपालबाट गायक, गायिका देखि केही कलाकार समेत ल्याउने तयारी गरिएको छ । 

थारूहरूको ऐतिहासिक भेषभुषासँगै कला संस्कृति संरक्षणमा टेवा पुग्ने उदेश्यले कार्यक्रम आयोजना गरिने समाजका सल्लाहकार रामभुवन चौधरीले वताए । यसपटक विगत भन्दा भिन्न गरिनुपर्छ भन्ने रहेको उनको भनाई छ । गतवर्षको माघिपर्वमा थारू कल्याणकारी सभाका राजकुमार लेखी र गायक संजय चौधरीलाई आमन्त्रण गरिएको थियो । यो पटक आदिवासी जनजाति महासंघसंग आवद्ध अन्य ११ जातीय संस्थाको पनि सक्रिय सहभागीता हुने समाजका अध्यक्ष चौधरीले वताए । 

पछिल्लोपटक युएईमा कार्यक्रम गर्न अनुमती लिनुपर्ने प्रावधान अनुसार नै वैधानिक तरिकाले कार्यक्रम आयोजना गरिने समाजले तयारी थालेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय