
काठमाडौं, असोज ७
दशैं नजिकिंदै जाँदा बैदेशिक रोजगारबाट ठूलो संख्यामा नेपाली स्वदेश फर्किने गर्दछन् । विशेषगरी बैदेशिक रोजगारका लागि परदेशिएकाहरु दशैंलाई लक्षित गरेर यहि समयमा छुट्टीमा आउने गर्दछन् । त्यसरी आउँदा उनीहरुले केहि सामान लिएर आउँछन् । तर कुन सामान भन्सार नतिरी र कुन सामान भन्सार तिरेर ल्याउन पाइन्छ भन्ने पूर्व जानकारीको अभावमा एयरपोर्टमा उत्रिएपछि उनीहरु समस्यामा पर्ने गरेको देखिएको छ ।
भन्सार विभागका अनुसार यी बस्तुहरु ४० प्रतिशत भन्सार तिरेर ल्याउन पाइन्छ :
– म्यूजिक सिष्टम एक थान
– रेफ्रिजेरेटर एक थान
– वासिङ मेसिन एक थान
– पंखा एक थान
– रेडियो एक थान
– लुगाफाटा, कस्मेटिक आदि बढीमा १५ थान
– घरायसी प्रयोजनका सामान्य सामानहरु(जस्तैः मिक्सर, जुसर, सिलाई मेशिन, ग्याँस टेवुल, ईस्त्री, राइस कुकुर) जस्ता दुई/दुई थान
– १० किलोसम्म खाद्य पदार्थ
– व्यवसायीक पेशाका डाक्टर, ईन्जिनियर जस्ता यात्रुको दक्षता अभिवृद्धिका लागि आवश्यक पर्ने सामान दुई/दुई थान
– चुरोट दुईसय खिल्लीसम्म वा सिगार ५० खिल्लीसम्म
– यसभन्दा बढी सामान ल्याएमा त्यस्ता सामान जफत हुन सक्छन् ।
भन्सार नतिरी ल्याउन पाइने सामानका बारेमा यसअगाडी नै प्रकाशित यो समाचार हेर्नुहोस्
विदेशबाट आउँदा ल्याएका के के बस्तुमा भन्सार लाग्दैन ?