आतंककारीलाई सघाएको अभियोगमा एक नेपाली देश निकाला

काठमाडौं, असोज ६ 

मलेसियाले एक नेपालीलाई ईस्लामिक स्टेट सहितका आतंकवादी संगठनलाई सघाएको अभियोगमा देश निकाला गरेको छ । ३८ बर्षिय ति नेपाली गत अगष्ट १९ मा पक्राउ परेको साउथएसिया डटकमले समाचार लेखेको छ । उनलाई गत सेप्टेम्वर २ मा देश निकाला गरिएको प्रहरीलाई उधृत गर्दै मलेसियाली सञ्चार माध्यमले खवर लेखेको समाचारमा जनाइएको छ । परिचय नखुलाइएका ति नेपाली आफ्नै व्यवसाय सञ्चालन गरेर बसेको उल्लेख गरिएको छ । 

ति नेपालसँगै अन्य तीनजनालाई पनि पक्राउ गरिएको जनाइएको छ । त्यसमध्ये दुईजना विदेशी रहेका छन् भनें एक मलेसियन नागरिक नै रहेका छन् । पक्राउ पर्ने दुईमा एक बंगलादेशी र एक मोरक्कोका नागरिक छन् । 

यो पनि पढ्नुहोस् 

दुर्घटनाको फोटो फेसबुकमा हाल्ने गर्नुभएको छ ? कारवाहीमा परिएला है

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय