मेडिकल फेल भएर साउदीमा अलपत्र, कम्पनीले घर पठाउन मानेन 

दमाम, असोज ६ 

मेडिकल फेल भएर घर फर्किन चाहेका दुई नेपाली युवा कम्पनीले घरफिर्तिका लागि चासो नदेखाउँदा १० महिनादेखि अलपत्र परेका छन् । अल हायात म्यानेजमेण्ट सिष्टम प्राली मार्फत सन् २०१५ नोभेम्वर २१ मा साउदीका लागि उडेका सिरहाका रामरतन सदा र लक्ष्मण सदाले आफूहरुलाई घर नफर्काइएिको भन्दै सहयोगको अपिल गरेका छन् । 

नेपालमा स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएर आएका उनीहरु यहाँ गरिएको स्वास्थ्य परिक्षणमा फेल भएका थिए । त्यसपछि कम्पनीलाई आफूहरुले घर फर्काइदिन आग्रह गरेको तर कम्पनीले बेवास्ता गरेको उनीहरुको भनाई छ । 

साउदीको अव्दुल ए अल फोजान एण्ड पार्टनर कम्पनीमा मासिक ८ सय ५० रियाल तलव तथा खाना सुविधा सहित आएका उनीहरुले स्वदेश फर्किन सहयोग गरिदिन निवेदन दिएको जिफन्ट सपोर्ट ग्रुप साउदीले जनाएको छ । साउदीका लागि जिफन्ट प्रतिनिधि राज तामाङले उनीहरुको निवेदन दुतावास पुर्याइएको बताएका छन् । 

यो पनि पढ्नुहोस् 

फ्रिभिसा, फ्रिटिकट अनिवार्य बनाउन अन्तराष्ट्रिय कानून आउँदै, कोरिया र ईजरायल पनि निःशुल्क गर्नुपर्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय