सीप परिक्षा अर्को साता 

पोखरा- रोजगारीका लागि कोरियामा जान आवेदन दिई भाषा परीक्षा उत्तीर्ण गरेकाका लागि सेप्टेम्बरको २८ देखि अक्टोबर ३ तारिखसम्म सीप परीक्षा सञ्चालन हुने भएको छ । सन् २०१६ को कोटामा कोरियामा रोजगारीका लागि जान भाषा परीक्षा पास गरेकाहरू सीप परीक्षामा सहभागी हुन पाउनेछन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत तीन हजार पाँच सय १७ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका छन् ।

सीप परीक्षा काठमाडौं र पोखरामा हुनेछ । काठमाडौंमा सेप्टेम्बर महिनाको २८ तारिखदेखि अक्टेम्बर ३ सम्म हुने ईपीएस सेन्टर नेपालका प्रतिनिधि कोरियन नागरिक किम की उकले जानकारी दिए ।

यसैगरी पोखरामा सेप्टेम्बर ३० देखि अक्टोबर ३ तारिखसम्म सीप परीक्षा सञ्चालन हुने उनले जानकारी दिए । सन् २०१६ मा ६ हजार युवा रोजगारका लागि यही प्रक्रियाबाट कोरिया गईसकेको उनले बताए । कोरियामा विभिन्न १६ देशका कामदार यही प्रक्रियाअन्तर्गत रोजगारीमा जाने गर्दछन् । हालसम्म नेपालबाट ३८ हजार युवा यो प्रक्रियाबाट काममा गएको उनले जानकारी दिए । भाषाको हिसाबले नेपाली युवा अरु देशको भन्दा धेरै सक्षम रहेको उनले सुनाए । अब भाषाभन्दा पनि सीप र कार्य क्षमतालाई आधार बनाएर कामदार छनोट गर्ने प्रक्रिया अघि बढेको उनले सुनाए । त्यसैले यही प्रक्रियाअन्र्तगत काममा जान चाहने युवाले आफूले रोजेको काममा दक्षता हासिल गर्नु पर्नेछ ।

२०१९ देखि ईपीएस कामदार छनोट विधि पूर्णरूपमा परिमार्जन भै छनोट गर्दा कोरियन भाषाका साथै कार्यसम्पादन, क्षमता, शारीरिक क्षमता, कामको अनुभव लगायतलाई आधार मनिनेछ । भाषा जानेका आधारमा मात्र छनोट गर्दा दक्ष जनशक्ति बाहिरिने भएकोले यसो गर्नु परेको ईपीएस सेन्टर नेपालका प्रबन्धक रामचन्द्र गिरीले जानकारी दिए ।

अब कामदार छान्दा पहिलो चरणमा कोरियन भाषा र क्षमताको परीक्षा लिइने उनले बताए । दोस्रो चरणको परीक्षामा सीप परीक्षा र कार्यक्षमता परीक्षा लिईनेछ । यसरी परीक्षामा प्राप्त अंकका आधारमा कामदार छनोट गरिने उनले सुनाए । ईपीएस परीक्षामा सहभागी हुन आवेदन दिन लामो लाइनमा बस्नु नपर्ने पनि उनले बताए ।

अनलाइन रजिस्ट्रेसन प्रणाली अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । नेपाल सरकारले ईपीएस कार्यक्रमअन्र्तगत कोरियामा काम गरेर फर्केका युवालाई नेपाल फर्केपछि नेपालमा पुनस्र्थापित हुने कार्यक्रम ल्याउन पर्नेमा ईपीएस सेन्टर नेपालका प्रतिनिधि कोरियन नागरिक उकले जोड दिए । कोरियामा कामले खारिएका युवा यहाँ फर्केपछि देशका लागि थप योगदान दिन सक्ने उनले बताए । 

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय