अवुधावी, असोज ६
युएईस्थीत नेपाली दुतावासका कार्यवाहक राजदुत नेत्रबहादुर टण्डनले युएई बहुसंख्यक नेपालीले काम गर्न आउन र बस्न रुचाउने मुलुक भएको बताएका छन् । दुतावासले संविधान दिवसको सन्दर्भमा पारेर आयोजना गरेको राष्ट्रिय दिवसका अवशरमा राजदुत टण्डनले यस्तो बताए ।
युएईमा कार्यरत झण्डै ३ लाख नेपालीले युएईको सामाजिक र आर्थिक विकासमा योगदान गरिरहेको कार्यवाहक राजदुत टण्डनले बताए । उनले नेपालीलाई रोजगारी दिएकोमा युएई सरकारलाई धन्यवाद समेत दिए । उनले युएई लगायतका सवै देशले भूकम्प पश्चातको उद्धार, राहत तथा पुननिर्माणका लागि देखाएको सद्भाव र सहयोगका लागि धन्यवाद दिए । टण्डनले दुवै देशको दुतावासले व्यापार, वाणिज्य तथा पर्यटनको विकासमा सहकार्य हुने अपेक्षा प्रकट गरे ।
युएईको विदेश मन्त्रालयका अन्तराष्ट्रिय संघसंस्था हेर्ने सहायक विदेश मन्त्री याकुव अल हुसानी सहित कार्यक्रममा सार्क मुलुक, अमेरिका, बेलायत लगायत ३०-३२ देशका कुटनीतिक नियोगका प्रतिनिधि सहभागि थिए ।
यो पनि पढ्नुहोस्
फ्रिभिसा, फ्रिटिकट अनिवार्य बनाउन अन्तराष्ट्रिय कानून आउँदै, कोरिया र ईजरायल पनि निःशुल्क गर्नुपर्ने