प्रहरीलाईलाई सुरक्षित बैदेशिक रोजगारबारे तालिम

सुनसरी, असोज ५- सुनसरीको इनरुवामा सामुदायिक समाज उत्थान केन्द्र(सिएसडीसी) ले सुरक्षित आप्रवासन परियोजना अन्तर्गत प्रहरीहरुसँगको अभिमुखीकरण र अन्तरक्रिया कार्यकम आयोजना गरेको छ । उक्त कार्यकममा ५१ जना सहभागी थिए । 

सो कार्यक्रममा सुनसरी जिल्लाका विभिन्न ईलाका र चौकीमा कार्यरत प्रहरीहरु सहभागि थिए । यसैगरी वैदेशिक रोजगारका ५ जना पिडितहरु पनि सहभागि थिए ।  कार्यकममा सामी हेल्भेटासका कार्यक्रम अधिकृत विजय ठाकुर र जिल्ला परियोजना संयोजक कोपिला दाहालले सुरक्षित बैदेशिक रोजगारका बारेमा जानकारी गराएका थिए । यसैगरी कार्यक्रम संयोजक डिम्पल यादवले सूचना तथा परामर्श केन्द्रका क्रियाकलापबारे जानकारी गराइन् ।  

सो अवशरमा प्रहरी निरिक्षक नवराज न्यौपानेले स्थानिय स्तरका मुद्दामा पिडितहरुलाई प्रहरीले सहयोग गर्ने कुराको जानकारी गराए । नेपाल प्रहरीले हालसम्म बिभिन्न ठगीका मुद्दाहरुलाई प्राथमिकता दिंदै आईरहेको तथा आगामी दिनमा पनि यस्ता ठगिका मुद्दालाई निरुत्साहित गर्न अझ सकृयतापूवर्क लाग्ने र गाविसस्तरमा बिदेश जान तयार भएका व्यक्तिहरुलाई बिदेश जानु भन्दा अगाडी सही सुचना लिन सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र इनरुवामा जान सल्लाह बताए । यसैगरी सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा प्रक्रियामा रहेका बैदेशिक रोजगार सम्बन्धि उजुरी माथी छलफल गर्ने साथै बैदेशिक रोजगारको क्रममा देश भित्र वा बाहिर ठगी भएका व्यक्तिहरु जिल्ला प्रशासन कार्यालय सुनसरी परिसरमा रहेको सुचना केन्द्रमा जान सल्लाह दिने जानकारी दिए । 

कार्यक्रमका सहभागीहरुले कार्यक्रमबाट सुरक्षित वैदेशिक रोजगार सम्बन्धी धेरै कुराहरुको जानकारी पाएको बताए ।

यो पनि पढ्नुहोस्  

सार्वजनिक समारोहमा खादा की ढाका ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय